पहिचान विरोधीहरूको बहुमत भएको पीडाले म द्रवित बनेकी छु स्वास्थ्य मन्त्री लिम्बू, प्रदेश १
- फाल्गुन १७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
बिराटनगर ।
प्रदेश १ को प्रदेश सभा बैठकमा अहिले प्रदेशको नामकरणसम्बन्धी प्रस्तावमा छलफल भइरहेको छ। छलफलमा सहभागी भएकी प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बू पहिचानको मुद्दालाई दबाइएको भन्दै भक्कानिएकी हुन्।
संसद बैठकमा बोल्दै उनले भनिन्, बहुमतको दम्भका अघि म एक्लो सांसदलाई सती पठाएझैं भयो। पहिचानको आवाजको हत्या भयो।
बोल्दाबोल्दै उनको गला अवरूद्ध भएको थियो । भक्कानिँदै उनले भनिन्– पहिचान विरोधीहरूको बहुमत भएको पीडाले म द्रवित बनेकी छु। पहिचान खोलानालाले मागेको थिएन। ती खोलानाला जोगाउने काम नागरिकले गरे, पहिचान तिनैले मागे। तर, जातीय नाममा न्यायको आवाज दबाइयो।
मन्त्री लिम्बू प्रदेश सभामा जनता समाजवादीबाट एक्ली सांसद हुन्। उनले नेकपा (एकीकृत समाजवादी) ले दर्ता गरेको प्रदेशको नाम लिम्बुवान किरात सगरमाथा राख्नुपर्ने प्रस्तावमा समर्थन गरेकी छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments