प्रदेश १ को नाम ’कोशी’ दुई तिहाइ बढी बहुमत द्धारा पारित
- फाल्गुन १८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
बिराटनगर ।
प्रदेशसभामा बुधवार राती भएको मतदानमा ’कोशी’ को पक्षमा दुई तिहाइ बढी बहुमत जुटेको हो । नेकपा एमालेले प्रस्ताव गरेको नामको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा सहित प्रमुख दलहरू उभिए।
प्रदेशसभाको मतदानमा कोशी नामको पक्षमा ८२ र विपक्षमा चार मत खसेको छ। मतदानमा छ जना प्रदेशसभा सदस्यहरू अनुपस्थित भए ।नाममा सहमति जुटाउने क्रममा नाटकीय घटनाक्रम देखा प¥यो ।
नेकपा एमालेले गरेको प्रदेशको नाम कोसी’ राख्ने प्रस्ताव दर्ता गर्दा सुरुमा नेपाली कांग्रेस समर्थक बसेको थियो। पछि उक्त पार्टीको संसदीय दलमा विवाद भएको खबरबीच आफूले गरेको समर्थन फिर्ता लिएको जानकारी दियो ।
एमाले र कांग्रेस एक ठाउँमा आएपछि नेकपा माओवादी केन्द्रले आफ्नो असहमतिबीच उक्त नामको पक्षमा मतदान गर्ने निर्णय लियो ।
माओवादी केन्द्रका नेताहरूले नाम नै राख्न नसकिने अवस्था आएपछि त्यस्तो निर्णय गर्नु परेको बताएका थिए ।प्रदेशसभामा रहेका तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्र मिलेपछि प्रदेशको नाम राख्न आवश्यक पर्ने दुई तिहाइ बहुमत पुग्यो, पक्षमा राप्रपा पनि थपियो ।
प्रदेशको नामकरणका लागि प्रदेशसभा सचिवालयमा दुई वटा प्रस्ताव पेस भएका थिए ।केन्द्रमा नेकपा एमाले बाहेक कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लगायत एक ठाउँमा छन् ।
राष्ट्रपति चुनावलाई लिएर काठमाडौंमा बनेको उक्त गठबन्धन विराटनगरमा भने विभाजित देखियो ।एकीकृत समाजवादीका नेताहरूले आफूहरूले चुनावमा गरेको वाचा अनुसार पहिचान झल्किने गरी नाम राख्ने प्रस्ताव गरेको बताएका थिए।
अघिल्लो प्रदेश सभाले पाँच वर्षसम्म प्रदेश नम्बर १ को नामकरण गर्न नसकेको भन्दै तीव्र आलोचना भएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments