अराजकता सिर्जना गर्ने तत्व बिरुद्ध निरन्तर खबरदारी,सचेत र संगठित हुनुपर्छ अध्यक्ष भण्डारी, व्यवसायी संघ

- फाल्गुन १८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सामाजिक अभियन्ताको नाममा वैदेशिक रोजगार व्यवसायीहरुलाई दुख दिईरहेको एक समूहलाई पक्राउ गरेकोमा महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वर रिहा गरेको छ । गत मंगलबार वैदेशिक रोजगार विभागमा झडपको क्रममा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
। वैदेशिक रोजगारबाट फर्किएका बाइक राइडर पीडितलाई न्याय दिलाइदिने भन्दै वैदेशिक रोजगार विभाग प्रवेश गरेको एक समूह र त्यहाँ रहेका व्यक्तिहरूबीच धक्कामुक्की भएको थियो ।
यूएईबाट फर्केका बाइक राइडरहरूलाई पर्याप्त क्षतिपूर्ति नदिइएको दाबी गर्दै सामाजिक अभियन्ताको खोल ओढेका र केही यूटुवका क्यामराम्यान विभाग पुगी छलफल गर्ने क्रममा विवाद उत्पन्न भएको थियो । त्यसैक्रममा कसैको हेलमेट प्रहारबाट घाइते भएका सामाजिक अभियन्तालाई हल्का चोट लागे पनि अवस्था सामान्य देखिएपछि प्रहरीले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा छलफल गराई भविष्यमा घटना नदोहो¥याउने प्रतिबद्धता लिएर पक्राउ परेका सबैलाई छोडेको हो ।


प्रहरीले चार जना क्यामराम्यान र सप्तकोसी म्यानपावरमा कार्यरत एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्ति छुटेपछि उपस्थित वैदेशिक रोजगार व्यवसायीलाई सम्बोधन गर्दै नेपाल वैदेशिक रोजगार व्यवासयी संघका अध्यक्ष राजेन्द्र भण्डारीले पीडितलाई न्याय दिने भन्दै कानून हातमा लिने प्रवृत्तिविरूद्ध उत्रिएर व्यवसायी कानूनी शासन र विधिको पक्षमा उभिएको बताए ।
उनले अराजकता सिर्जना गर्ने तत्वविरूद्व निरन्तर खबरदारीका लागि व्यवसायीहरुलाई सचेत र संगठित हुन आग्रह गरे ।केही दिनयता वैदेशिक रोजगारबाट फर्केका पीडितलाई न्याय दिलाइदिने भन्दै क्यामरासहित हुलहुज्जतमा उत्रिएर दैनिक कार्यसम्पादनमा अवरोध उत्पन्न भएको विभागले बताएको छ । विभागले कार्यालय प्रवेशमा समेत कडाइ गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर