उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठ सहित भारतीय राजदूत सडक अनुगमनमा
- फाल्गुन १८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कमलविनायक–नगरकोट सडक अनुगमन गर्न गएका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले स्थानीयसँग कुरा गर्दै भने, ‘अरु कारणले होइन, ठेकेदारको उपेक्षाले हो, अब हामी सहँदैनौं ।’
कमलविनायक–नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् । जनताले गरेको गुनासो जायज भएको भन्दै उनले अब काम गरेर देखाउने बताए । ‘चिन्ता र चासो व्यक्त गर्ने ठाउँछ, त्यसकारण जनतालाई हामीले सम्मान गर्नुपर्छ,’ उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘तर यो काम चाहिँ हुनुपर्छ । काम हुन्छ ।’
जनगुनासो बढेपछि मन्त्री श्रेष्ठसँगै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडक अनुगमन गरेको हो ।
यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमनमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सडक अनुगमन टोलीमा सहभागी छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments