आयो होली फागुन आयो, होली ल्यायो, जोगिरा सररर, जोगिरा सररर

- फाल्गुन १८, २०७९ मा प्रकाशित


सुष्मा सुवेदी,
काठमाडौं ।

जोगिरा सररर, जोगिरा सररर… ।’ ‘रङग बरसे भिगे चुनरबाली रङग बरसे, हो रङगबरसे भिगे चुनरवाली रंगबरसे’यी माथि उल्लेखित लोकभाका (जोगिरा)हरू तराई–मधेशमा होला आगमनको लोकभाका हो । तराई–मधेशमा अहिले होली पर्वको एक साता मात्रै बाँकी रहँदा साँझ पर्नेबित्तिकै गाउँ गाउँमा डम्फु, झ्याली पिट्दै मानिसहरु गाउँ चार्ने गरे सँगै होलीको मौसमको सुरुवात हुन्छ ।
जसरी तराईमा होलीको सुरुवात जोगिारा सररर बाट राजधानीमा भने यसलाई उत्ताउलो चाडको रुपमा मनाइने गरिन्थ्यो । तर समय र यसको परिवर्तन सँगै होली परम्परामा पनि परिवर्तन आउन थालेको छ । शहरका सामाजिक अभियन्ता र सुरक्षा निकायको कडा नजरको कारण होलीमा देखीने उत्ताउलोपना हराउँदै गएको छ । पछिल्लो समय सभ्य र भब्य बन्न थालेको छ जसलाई सकरात्मक पक्षको रुपमा पनि लिन सकिन्छ ।

होली मनाउनुको कारण यो हो कि यो पर्व रंग मात्र होइन प्रेम, एकता र भाइचाराको पनि हो । यस पर्व होलीको वर्णन प्राचीन धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएका छ ।
नेपालका हिमाली र पहाडी क्षेत्रमा पुर्णिमाको दिन होली मनाइन्छ भने त्यसको भोलीपल्ट तराईमा होली मनाइन्छ तराईतिर बोलीचालीको भाषामा फागुवा भन्ने गरिन्छ ।
फागुन आयो, होली ल्यायो’
‘मारो भरभर कर पिचकारी’
‘होली आयो, मस्ती छायो’
‘मारो भरभर कर पिचकारी’
‘जोगिरा सररर, जोगिरा सररर ।’
‘कई हातका धोती पहना, कई हात लपेटा’
‘कई घाटका पानी पिया, कई बापका बेटा’
‘जोगिरा सररर, जोगिरा सररर ।’

यस्ता सयौं लोकभाका, गीत, चुटकिला, हाँसो ठट्टा र दुःख बिर्साएर खुसी साटासाट गर्ने महापर्वको रुपमा होली मनाउने गरिन्छ । राजधानी लगायत देशका विभिन्न जिल्ला जस्तै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारादेखि र भारतका मधुबनी र दरभङ्गासहित सम्पूर्ण मिथिलाञ्चलमा जोगिरा पर्व मनाउने गरिन्छ । जोगिराको धुन र लयले गाउँगाउँलाई सङ्गीतमय पारेको बेला जोगिरा गाउनकै लागि अहिले रातको बेला युवा तथा वयोबृद्धलाई घरघरबाट तानेर ल्याई राति अबेरसम्म जाग्राम गराउने तथा जोगिराहरू गाउन लगाउने गरिएकोे छ ।
होलैयाहरूले जोगिराले एक आपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरू रातिको बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने, सुन्ने र सहभागीसमेत हुने गरेको बताए । प्रायः होली पर्वभन्दा १५ दिन पहिले सुरु हुने जोगिरा गायन मिथिलाञ्चलको प्रत्येक गाउँगाउँमा भइसकेको छ भने । जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइने प्रचलन छ ।
जोगिरा मिथिलाञ्चलसहित सम्पूर्ण देशकै धरोहर एवं सम्पत्ति भएकाले यसको संरक्षणमा स्थानीय जनप्रतिनिधि र प्रशासनले विशेष ध्यान दिनु जरुरी रहेको छ । जोगिराले परम्परा झल्काउने, सदभाव बढाउने र जोगिरा समेतलाई संरक्षण गर्नुपर्नेमा कतिपय भोजपुरी भडकिलो गीत, डिजे बाजाको चर्को आवाज र मदिरा सेवनकर्ताहरूले हो–हल्ला गर्ने प्रवृत्ति बढेकामा भने आम मानिस चिन्ता व्यक्त गर्छन् ।
होलीको सास्कृतिक महत्व
प्राचीन सांस्कृतिक, धार्मिक र परम्परागत चाड, होली शब्द “होलिका“ बाट आएको हो । जुन विशेष रूपमा हिन्दु धर्मालम्बीहरूले मनाउने गर्छन् ।
हिरण्यकश्यपुकी बहिनी होलिकाले बिष्णुका परम् भक्त हिरण्यकश्यपुका छोरा प्रह्लादलाई मार्न अग्निमा आशन गर्दा होलिका आँफै जलेर नष्ट भएर असत्य माथि सत्यको जित भएको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
फाल्गुण शुक्ल चतुर्दशी पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा अबिर केशरी जस्ता स्वस्थ्यकर रङ्ग खेली होली मनाईछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर