विश्वकप लिग टू नेपालका लागि सन्दीप लामिछानेले लिए ३ विकेट

- फाल्गुन १८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोद्यी यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो । यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्सम सम्हालेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर