अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर अब्बल दर्जाको
- फाल्गुन १८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्यांकन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्था अवार्ड विजेता भएको बिहीबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
यो सँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको छ । नेपाली चिया उत्पादक संस्थाले स्वर्ण, रजत र सिल्भर अवार्ड हात पारेका छन् ।
बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमुना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ। बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताए।
उनले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनको लागि पहल गरिरहेको बताए। चीनमा नेपाली चियाको अनलाइन विज्ञापन सुरु भइसकेको भनाई उनको छ ।
भट्टराईले गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको जानकारी दिए।
नेपाली चियाको निर्यात वृद्धिले नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको उनको भनाइ छ। त्यस्तै, पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोग बिना अग्र्यानिक रुपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको बताए।
उनले आफूहरुले किसानको आयमा वृद्धि गरी मुलुकमा विदेशी मुद्रा आर्जनको लागि महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने गरी चिया
उत्पादनमा लागेको बताए। उनले नेपाली चिया उत्पादनलाई सरकारले उद्योगको रुपमा विकास गर्ने गरी नीति नियमन बनाउन आवश्यक रहेको बताए।
विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन, भारत, केन्या, श्रीलंका जस्ता देशहरुसँग नेपाली चियाको प्रतिष्पर्धा गराइएको थियो। अवार्ड परिणामस्वरुप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाकाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ।
तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन,जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड विजेता भएका हुन् ।
त्यस्तै, नेपालका झापा, इलाम,पाँचथर,धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रुपमा २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले घोषणा गरेका थिए। आर्थिक वर्ष २०७७÷७८ को तथ्यांक अनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा खेती भएर त्यसबाट २३,७४५ मेट्रिकटन उत्पादन भइरहेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments