उपरथी शाही प्रकरण शाही विरुद्ध सैनिक विद्रोह (म्यूटिनी) सम्बन्धी कसूरमा कारबाही प्रक्रिया सुरु

- फाल्गुन १८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आर्थिक अनियमितता सम्बन्धी कसूर पुष्टि हुन नसकेपछि सेनाले उपरथी प्रेम शाही विरुद्ध सैनिक विद्रोह (म्यूटिनी) सम्बन्धी कसूरमा कारबाही प्रक्रिया अघि बढाएको छ । शाहीलाई सैनिक विद्रोहको कसूरमा मुद्दा प्रक्रिया अघि बढाइएको सेनाको मुख्यालय स्रोतले बताएको छ ।
सेनामा सैनिक विद्रोह सबैभन्दा कडा प्रकृतिको कसूर हो । यो कसूर पुष्टि भए जन्मकैद सजाय हुने व्यवस्था छ । सैनिक विद्रोहको शाब्दिक अर्थ सैनिकहरुलाई हुलहुज्जत गराएर सत्ता कब्जा गर्न खोजेको भन्ने हुन्छ । जुन शाहीको हकमा सान्दर्भिक नहुने सैनिक सेवाका बिज्ञहरु बताउँछन् ।


सैनिक ऐन, २०६३ अनुसार सैनिक विद्रोहमा सरिक भए, नेपाली सेना वा यसलाई सहयोग दिने कुनै बलको कुनै व्यक्तिसँग मिलेर सैनिक विद्रोह गरे गराएमा वा सो गर्न गराउन उत्तेजना फैलाएमा वा षड्यन्त्र गरे सैनिक विद्रोह (म्यूटिनी) को कसूर हुने भनिएको छ ।
सैनिक ऐनको दफा ३९ को उपदफा (घ) मा सैनिक विद्रोह गर्ने मनसाय राखेको वा षडयन्त्र भइरहेको थाहा पाइ वा सैनिक विद्रोह गर्ने मनसाय छ वा षडयन्त्र भइरहेको छ भन्ने आधार भएर माथिल्लो अधिकृतलाई खबर नगरे पनि कसूर हुने भनिएको छ ।

उपदफा (ङ) मा देशभक्ति र आफ्नो कर्तव्यपालनबाट विचलित भएका वा त्यस्ता व्यक्तिलाई देशभक्ति र आफ्नो कर्तव्य पालनाबाट विचिलित गराए वा विचलित गराउने दुरुत्साहन गरेमा पनि सैनिक विद्रोहको कसूर हुने भनिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर