सेयर बजार नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९ विन्दुमा पुग्यो

- फाल्गुन १८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार ह्वातै घटेको छ । नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अंकले घटेर ३७३.५६ विन्दुमा पेगेको छ ।
यसैगरी, २ सय ५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयरको कारोबार हुँदा एक अर्ब ३३ करोड ६३ लाख रुपैयाँभन्दा बढी रुपैयाँको भएको छ । त्यस्तै कारोबारको आधारमा सबैभन्दा धेरै हिमालय डिस्टिलरी कम्पनीको ८ करोड १२ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।


बुद्धभूमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तको सेयर ४ प्रतिशतले बढेको छ । बिहिबार सबै उपसमूहहरुको सेयर घटेर बजार राताम्मै भएका छ । सबैभन्दा धेरै माइक्रोफाइनान्स र ट्रेडिङ कम्पनीको २ प्रतिशतले सेयर कारोबार घटेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर