लोकतन्त्र र प्रजातन्त्रका लागि पौडेलजी धेरै दुख पाएको व्यक्ति हो , धेरै पहिले देखिको मेरो साथी हो-कांग्रेस सभापति देउवा

- फाल्गुन १८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आठ दलीय गठबन्धनले संघीय सांसदका लागि राखेको अभिमुखीकरण कार्यक्रममा बोल्ने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार पौडेललाई बनाएर न्याय गरेको भन्दै विगतमा आफू माथि लागेको आरोप हटेको पनि बताए ।


‘रामचन्द्रजीलाई मैले कुनै भूमिका भन्ने लाग्दै आएको थियो होला, राष्ट्रपति बनाउँदैछौं’, विगतको स्मरण गर्दै देउवाले भने, ‘लोकतन्त्र र प्रजातन्त्रका लागि उहाँले धेरै दुख पाएको व्यक्ति हो । धेरै पहिले देखिको मेरो साथी हो ।’
सभापति देउवाले संविधान पालना गरेर यसप्रतिको आस्था जगाउने काममा भूमिका निर्वाह गर्ने विश्वास लिएको बताए । देउवाले कार्यक्रममा बोलेको विषय उधृत गर्दै कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘प्रचण्डजीले उहाँको क्षेत्रमा गएर प्रधानमन्त्री बनाउने भन्नुभएको थिएँ । त्यो भन्दा माथिल्लो पदमा ल्याउनुभयो ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर