आइसिसी यू-१९ दीपेशको एक जादुमयी बलिङ बन्यो क्रिकेटमा नेपालको विश्वकप यात्रा
- फाल्गुन १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाललाई विश्वकपको यात्रा तय गराउन अहम भूमीका खेलेका आइसिसी यू१९ का नायक दिपेश कँडेल अहिले नेपाली क्रिकेटमा चर्चाको पात्र बनेका छन् । नेपाली क्रिकेटलाई विश्वकपको बाटो पहिल्याउन कँडेलले खेलेको प्रयासको चौतर्फी चर्चा पनि हुन् थालेको छ ।
उनले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार विकेट लिँदै नेपालको विश्वकपमा स्थान पक्का गराए । उनको ५ विकेटको सहयोगमा नेपालले ८ वर्षपछि विश्वकपमा स्थान बनाउन सफल भयो ।
‘विश्वकपमा पुग्दा मलाई आजको जस्तो अनुभव कहिल्यै भएको थिएन । यो खुसी म बताउन पनि सक्दैन’, कँडेलले जितपछि भने । त्यसैमा थपे, ‘मलाई कप्तानले बल दिएपछि विकेट नै चाहिँएको थियो । जसरी भएपनि म विकेट लिन नै गएँ । देव दाइले पनि सम्झाई राख्नु भएको थियो । राम्रो अनुभव भयो । विश्वकप पुग्ने सबैको सपना पूरा गयौं । एकदमै खुसी लागेको छ ।’
ह्याट्रिक बल अघि आफ्नो उत्कृष्ट बल फ्याल्ने सोच बनाएको उनी बताउँछन् । ‘सकेसम्म अन्तिम विकेट थियो । नयाँ ब्याटर पनि थियो । आफ्नो उत्कृष्ट बल फ्याँले । विकेट लिन पुगे र ह्याट्रिक हुन पुग्यो । त्यहिँ खुसी लाग्यो’, कँडेलले भने ।
सामन्यतया स्पिनरलाई डेथ ओभरमा बलिङ गर्न कठिन पर्दछ । अझ जितको लागि १८ बलमा ११ रन चाहिँदा कँडेलले बलिङ गर्न आएका थिए । कँडेलले एक जादुमयी बलिङ प्रदर्शन गर्दै जित पक्का गराए । त्यो ओभर कँडेलले चुनौती भन्दापनि अवसरको रुपमा लिएको बताउँछन् ।
‘मैले त त्यो अवसरको रुपमा लिएको थिएँ । मैले जिन्दगीको अन्तिम ओभर सोचेर बलिङ गरेको थिएँ । त्यहिँ विकेट लिन पुगे’, ह्याट्रिक बल अघिको आफ्नो योजना सुनाए । जव कँडेल दौडिर रोकिए । त्यसपछि भावुक भन्दै रुन थाले । ‘सबैको ध्यान हामीमाथि थियो । यतिका वर्षदेखि विश्वकप खेलेका थिएनौं । त्यसैले भावुक भएँ’, उनले भने । २०१७ मा पारस खड्काले ट्यालेन्ट हन्टबाट एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्समा लिएका थिए । अहिले ती कँडेल जितको हिरो बन्दै विश्वकपमा पुर्याए । दीपेश आफ्नो क्रिकेट खेल्दै आएको बताउँछन् ।
‘म आफ्नो सामान्य क्रिकेट नै खेल्दै आएको छु । आफ्नो मिहिनेतमा काम गर्नुपर्यो । मिहिनेत गर्न छाड्न भएन । विश्वकपमा पनि यस्तै प्रदर्शन गरेर नेपाललाई चिनाउने छौं’, उनले भने ।
कँडेलले कलिलो उमेरमा पारस खड्का, करण केसी र वसन्त रेग्मी जस्ता खेलाडीहरुसँग ड्रेसिङ रुपमा बसेर सिक्ने अवसर पाएका थिए । ‘त्यति बेला पनि दाईहरुले पनि एकदमै साथ दिनु भएको थियो । त्यति बेला त्यति धेरै अनुभव पनि थिएन । त्यो प्रतियोगिता खेलेर पनि आफूलाई एकदम निखार्न पुगे । ड्रेसिङ रुपमा दाइहरुसँग धेरै कुरा सिक्न पनि पाएँ । त्यो अनुभव आज काम आएको छ’, उनले भने ।
कँडेल नेपाल फर्किएर मिहिनेतलाई जारी राख्ने बताउँछन् । ‘सकेसम्म अव आफ्नो मिहिनेतमा काम गर्छु । विश्वकप हामी त्यतिकै पुगेको होईन । केहि गरेर त पुग्यौं । अव विश्वकपमा पनि बबाल गर्नी हो’, उनले भने ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments