शुक्रबार नेपाली बजारमा पहेँलो धातुको सामान्य बदलाव
- फाल्गुन १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्यमा सामान्य बदली आएको छ । शुक्रबार सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा १ सय रुपैयाँले घटेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा बिक्री बितरण भएको थियो ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार भने चाँदी प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा बिक्री बितरण भएको थियो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments