त्रिभुवन विमानस्थलमा तिवारी र गौतम बुद्ध विमानस्थलमा पाण्डे बने महाप्रवन्धक
- फाल्गुन १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन महाप्रवन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि खाली भएको महाप्रवन्धक पदमा प्रतापबाबु तिवारी आएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा त्रिभुवन विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको हो । पहिले पनि विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । अहिले तिवारीको स्थानमा देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।
भैरहवाका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुने भएकोले उनको स्थानमा एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई प्रमुख बनाएर पठाइएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments