त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपालले टस हार्यो -गुलशन झाको स्थानमा भीम सार्की

- फाल्गुन १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध टस हारेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको टसमा पपुवा न्युगिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालले शुक्रबारको खेलमा टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । तीव्र गतिका बलर गुलशन झाको स्थानमा नेपालले भीम सार्कीलाई मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन गरेको छैन । युएईविरुद्ध कमजोर ब्याटिङपछि नेपालले भीम सार्कीलाई मौका दिएको हो । गुलशनले युएईविरुद्ध २ ओभरमा १५ रन खर्चेका थिए ।
नेपाल ३० खेलमा १३ मा हार र १५ मा जितसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारमा छ । नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।
नेपाल बिहीबार घरेलु टोली युएईसँग ६८ रनले पराजित भएको थियो । २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल आउट भएको थियो । नेपालका कुशल मल्लले ६० रन बनाउदा अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपाल आजको खेलमा राम्रो ब्याटिङ चाहन्छ ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, भीम सार्की,, कुशल मल्ल, सन्दीप लामिछाने, आरिफ शेख ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर