स्ववियु निर्वाचन-नेविसंघमा संस्थापन र इतर पक्षको विवाद बढ्दै जाँदा मुक्कामुक्की

- फाल्गुन १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ स्ववियु निर्वाचनलाई लिएर भएको विवाद सँगै आन्तरिक मुठभेटमा उत्रेको छ । संस्थापन र इतर पक्षको विवाद बढ्दै जाँदा दुई पक्ष मुक्कामुक्की गर्न थालेका छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा स्ववियु निर्वाचनका लागि दुई पक्षले प्रतिनिधि खटाएको विवाद मिलाउन बसेको छलफलमा नै कुटाकुट भएको छ ।
छलफल चलिरहेको समयमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा पक्षले आफ्ना कार्यकर्तालाई कुटेको इतर पक्षले आरोप लगाएको छ । पूर्व कोषाध्यक्ष शिव रिमाल कुटपिटबाट घाइते भएका छन् । टाउकोमा बढी चोट लागेका रिमालको उपचार स्टार अस्पतालमा भइरहेको छ ।

नेविसंघ अध्यक्ष शेर्पाले त्रिवि कीर्तिपुरका लागि केन्द्रीय प्रतिनिधि पदम भट्टराई तोकेका थिए । नेता शेखर कोइराला पक्षधरले प्रवीण कैनीलाई प्रतिनिधि बनाएको थियो । दुई पक्षबाट केन्द्रीय प्रतिनिधि हुँदा विवाद बढ्यो । केन्द्रीय प्रतिनिधि को हुने विवाद मिलाउन दुई पक्षको बैठक बिहीबार बसिरहेको थियो । संस्थापन पक्षका विद्यार्थी नेताका अनुसार इतर पक्षले प्रतिनिधि बनाएका कैनी नै पहिले हातपातमा उत्रेको आरोप लगाएको छ । कैनीले संस्थापन पक्षले प्रतिनिधि बनाएका पदमलाई थप्पड हानेको नेविसंघ अध्यक्ष दुजाङ पक्षको दाबी छ ।


विवाद साम्य भइसकेपछि ४०÷५० जनाको समूह प्रवेश गरि आफ्ना विद्यार्थी नेतालाई आक्रमण गरेको शेखर पक्षका विद्यार्थी नेताले बताए । ‘हाम्रो प्रतिनिधि र दुजाङले पठाएको प्रतिनिधिबीच वार्ता हुँदै गर्दा केटा पठाएर हाम्रो साथीहरुलाई आक्रमण गरे’ एक बिधार्थीले नेताले बताए ।
रिमाल कुटिएपछि इतर पक्ष आक्रोशित बनेर संघको केन्द्रीय कार्यालय तोडफोडमा उत्रियो । अनामनगरस्थित केन्द्रिय कार्यालयमा बिहीबार साँझ इतर पक्षका कार्यकर्ताले तोडफोड गरि भौतिक क्षति पु¥याएका छन् । प्रतिनिधिकै विषयले विवाद उत्पन्न भएकाले शुक्रबार नयाँ प्रतिनिधि अध्यक्ष शेर्पाले खटाएका छन् ।

पुरन रोकायालाई प्रतिनिधि बनाइएको छ । संघमा समानान्तर गतिविध गर्दै आएको इतर पक्षले स्ववियु निर्वाचनको लागि उपत्यकाका ३५ क्याम्पसमा केन्द्रीय प्रतिनिधि चयन गरेको छ । संस्थापन पक्षले संस्थापनइतरले चयन गरेका प्रतिनिधिलाई मान्यता नदिने बताएको छ ।
उता त्रिविले शुक्रबार बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म निर्वाचनमा भाग लिने संगठनको दर्ता गर्ने समयतालिका बनाएको छ । स्ववियु निर्वाचनमा मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेका लागि निर्धारण गरिएको छ ।
त्रिविले प्रकाशित गरेको कार्यतालिका अनुसार स्ववियु निर्वाचन हुने अवधि तीन साता पनि बाँकी छैन । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले शुक्रबारदेखि स्ववियु निर्वाचनको कार्यतालिका कार्यान्वयन गर्ने क्रममा छ ।

,

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर