सैनिक अदालतले नेपाली सेनाका उपरथी शाहीलाई सेवाबाट बर्खास्त गर्न आदेश
- फाल्गुन १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सैनिक अदालतले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सेवाबाट बर्खास्त गर्न आदेश दिएको छ। आर्थिक अनियमितामा मुछिएका शाहीलाई दोषी ठहर गर्दै अदालतले सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन्।
यो मुद्दामा जोडिएका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिमसिनालाई सामान्य कारबाही हुने फैसला भएको पनि उनले बताए। झन्डै २ महिनाको अनुसन्धानपछि शाहीविरुद्ध सैनिक अदालतले फैसला सुनाएको हो। तिमसिना र शाहको बढुवा २ वर्ष रोक्का गर्ने आदेश भएको छ।
सैनिक अदालतको यो आदेशसँगै थुनामा रहेका शाही‚ शाह र तिमसिना थुनामुक्त भएका छन्। शाही २ महिनापछि थुनामुक्त भएका हुन्। सेनाको जंगीअड्डाले उपरथी शाहीलाई अवकाशमा पठाउने निर्णय गरेको थियो।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments