त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई १ सय ८० रनको मध्यम लक्ष्य
- फाल्गुन १९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भयो ।
पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । पपुवा न्युगिनीले नेपालविरुद्ध राम्रो सुरुवात गरेको थियो । तर त्यो सुरुवातलाई धेरै समय निरन्तरता दिन सकेन ।
ओपनर टोनी उरा र किप्लिङ डोरिगाले १०.३ ओभरमा ४२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । सन्दीप लामिछानेले ओपनर किप्लिङ डोरिगालाई ४३ बलमा ३ चौकासहित २६ रनमा एलबीडब्लू आउट गरे । पावर प्लेपछि आएका सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिन पुगेका थिए ।
बायाँ हाते स्पिनर कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा रन आउट भए । राम्रो लयमा देखिएका बाउ विकेटकिपर आसिफ शेखबाट रन आउट भएका थिए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा टोनी उरा कट एण्ड बोल्ड आउट हुन पुगे ।
उराले स्टेटतर्फ खेलेको सट सोमपालले उत्कृष्ट क्याच लिँदै नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए । उरा आउट हुँदा पिएनजी ८७–३ को अवस्थामा थियो । त्यसपछि लगातार विकेट गुमाउन पुग्यो । २३ औं ओभरको अन्तिम बलमा कुशल मल्लले भालालाई ११ रनमा एलीबडब्लू आउट गरे । भालाको विकेटपछि नेपाल खेलमा हाबी बन्यो ।
दीपेन्द्रले बायाँ हाते ब्याटर गौडी टोकालाई ३६ औं ओभरको अन्तिम बलमा १५ रनमा बोल्ड आउट गर्दै नेपाललाई पाँचौं सफलता दिलाए । त्यसअघि चाद सोफर ९ रनमा रन आउट भए । दीपेन्द्रको बलमा ठूलो सट खेलेका हिरि हिरि डिपमिडविकेटमा ज्ञानेन्द्र मल्लबाट ३१ रनमा क्याच आउट भए । हिरिले ६३ बलमा २ चौका र १ छक्का प्रहार गरे । करणले नर्मन भानुवालाई १५ रनमा बोल्ड गरे ।
नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडनसहित १० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments