रामसहायप्रसादलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादव बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा लड्ने सोचमा

- फाल्गुन १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त स्थानमा उपनिर्वाचन लड्ने तयारी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गरेका छन् ।
गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।
पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।
रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार हुँदै विजयी भएमा उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ। चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ।
८ दलबीच भएको सहमतिअनुसार रामसहाय उपराष्ट्रपति हुने त्यो क्षेत्रमा उपनिर्वाचन हुँदा अध्यक्ष यादवले जित्ने सम्भावना रहेको छ ।

गत मंसिर ४ मा भएको चुनावमा अध्यक्ष यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने चर्चा थियो। नेकपा एमालेसँग गठबन्धन गरेको जसपाले अध्यक्ष यादवलाई सप्तरीमा उम्मेदवार बनाएको थियो।
जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए। जसपाको तर्फबाट उपराष्ट्रपति बन्ने तयारीमा रहेका रामसहायप्रसाद यादवले तत्कालीन ५ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शिवचन्द्रप्रसाद कुसहवालाई झिनो मतले पराजित गरेका थिए।
जसपाभित्र रामसहाय यस्ता नेता हुन् जो कहिले पनि पार्टी अध्यक्ष उपेन्द्रको विपक्षमा उभिएका छैनन्। पार्टी स्थापनादेखिका हरेक उतारचढावमा उनी पार्टी अध्यक्षसँगै छन्। त्यसैले जसपा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र रामसहायलाई उपउपारष्ट्रपति बनाएर बारा क्षेत्र नम्बर २ मा उपचुनाव लठ्ने तयारी गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर