अब देखी विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने- अनलाइनबाटै टिम्स कार्ड

- फाल्गुन १९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । सन् २०२२ मा यो संख्या १९ हजार ४२५ थियो । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर एक्लै भ्रमणमा जाने गरेका थिए ।
तर अब देखी विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने भएको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।
‘गन्तब्यलाई सुरक्षित, उद्दारमा सहज र व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय भएको हो,’ लामिछानेले भने, ‘यो निर्णय नेपालमा रोजगारी सिर्जनामा समेत फलदायी हुनेछ ।’ यससँगै अब एफआईटीका लागि जारी हुने टिम्स कार्ड जारी नहुने भएको छ । पर्यटकले ट्रेकिङ कम्पनीमार्फत नेपाल आएर गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने भएको छ ।
नेपालका साहसिक गन्तब्यमा जोखिमपूर्ण यात्रामा निस्कने पर्यटकको सुरक्षाको ग्यारेन्टी गर्दै गुणस्तरीयता कायम राख्न एक्लै भ्रमणमा जान रोक लगाउँदै टिम्स कार्डको मूल्य समान गराइएको उनले बताए । सार्क मुलुकका नागरिकले यसअघि ३ सय रुपैयाँ तिर्दै आएको टिम्स कार्डलाई अब १ हजार तिर्नुपर्ने भएको छ ।
अहिलेसम्म टिम्स कार्ड लिन नेपाल पर्यटन बोर्ड वा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टाने)को कार्यालयमा भौतिक रुपमा उपस्थित हुनुपर्ने अवस्था छ । बोर्डले यो प्रावधानलाई सहजीकरण गर्दै अनलाइनबाटै टिम्स कार्ड दिन सकिने व्यवस्था गर्ने निर्णय समेत गरेको छ । यी सबै प्रावधान १ अप्रिलदेखि लागु हुने भएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर