आधुनिक रोग बन्न थालेको सुगर (चिनीरोग) र यसलाई कन्ट्रोल गर्ने उपाय

- फाल्गुन २०, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सुगर चिनीरोग जीवनभर औषधी खाईरहनु पर्ने रोग होइन । खाली आफनो दैनिक जीवनशैलीमा अलिकति सावधानी अपनाउने हो भने यो रोगबाट हामी सधैंको लागि टाढा पनि हुन् सक्छौं ।
जसरी सामाजिक परिवेश, खानपान र आधुनिक शैलीको बिकास सँगै रोगहरुले पनि आफनो संख्या थप्ने गरेका छन् । त्यही संख्या थप्ने रोगहरु मध्ये पर्न आउँछ सुगर । यसलाई आधुनिक शैलीको रोग पनि भन्ने गरिन्छ । किनकी अहिले प्राय सुगर नहुने मानिसहरु कमै मात्र भेटिन्छन् होला । कसैले सोध्यो तपाईलाई केही रोग छ भन्दा अरु त छैन सुगर चाही छ भन्न सजिलो भएको छ ।
जसरी हामीले सुगरलाई आफनो शरिर भित्र प्रवेश गर्न दिन्छौ त्यसरी नै यसलाई बाहिर जरै समेत उखालेर फाल्न पनि सकिन्छ ।

हामीले आफनो जीवनशैलीमा अलिकति ध्यान दिने हो भने यो रोग लाग्नबाटै बच्न सकिन्छ । जीवनशैली व्यवस्थित बनाउन सबैभन्दा पहिलो कुरा खाना हा । खाना नखाई कोही पनि बाँच्न सक्दैन। तर खानाले नै दुर्घटना निम्त्याउँछ। त्यसैले अनुशासित भएर खाना खानुपर्छ ।
जमिनमा उब्जिएको होस या रूखमा फलेको सबै खान मिल्छ। मान्छेले फ्याक्ट्रीमा बनाएको खाना सकेसम्म नखाएको राम्रो हुन्छ ।
के मा ध्यान दिने ?
सबैभन्दा ठूलो कमजोरी चामल हो। सकेसम्म चामल नखाएको राम्रो । तर खानैपर्छ भने सय देखि १ सय ५० ग्राम खान सकिन्छ। भातको सट्टा दाल, सुपले पेट भर्न सकिन्छ।
आलु खान सकिन्छ। आलु तारेर खायो भने मात्रै हानिकारक हुन्छ। हप्ताको एक पटक रातो मासु र तीन–चार पटक सेतो मासु खान सकिन्छ। मासु आफैंमा चिल्लो भएकाले चिल्लो नराखि खानुपर्छ।

जती गुलियो भए पनि फलफूल खान मिल्छ। तर यसो भन्दैमा एकै पटक ४–५ वटा आँप खान हुँदैन। बेलुका फापर तथा कोदोको रोटी खान सकिन्छ।
काम गर्नेको हकमा भने खानेकुरा फरक पर्छ। किनकि, शारीरिक रूपमा धेरै खट्नेहरूले त्यहीँ अनुसारको खाना खानुपर्छ।
खाना, व्यायाम र तनावले सुगर हुने हो। खानपिनमा ध्यान नदिने, व्यायाम नगर्ने, अत्यधिक तनाव लिनेलाई डाइभिटिज देखिन्छ। गर्भको अवस्थामा निस्किने हर्मोनको कारणले समेत डाइभिटिज हुन्छ ।
५० प्रतिशतमा सुगर भएको थाहा हुँदैन। वजन घट्ने, घाउ नसुक्ने, पेट दुख्ने, टाउको दुख्ने, अचानक प्रेसर बढ्ने लगायतका समस्या लिएर आउनेलाई सुगर देखिएको हुन्छ। शरीर दुप्लाउँदै जाने, मुख सुक्ने, पिसाव धेरै लाग्ने पनि हुन्छ।

दैनिक व्यायाम राम्रो
खानाको साथै व्यायाम गर्न जरूरी छ। जुनुसुकै समयमा व्यायाम गर्दा हुन्छ। ३० देखि ४५ मिनेट व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा मुटुको धड्कन बढ्नुपर्छ। त्यस्तो गरेमा मात्रै शरीरको बोसो पग्लिन्छ। जे गरे पनि ३० देखि ४५ मिनेट व्यायाम गरे पुग्छ भने पाँच दिनसम्म व्यायाम गर्दा हुन्छ।
वंशाणुगत असर
वंशाणुगत कारणले सुगर लाग्छ। तर आफ्नो जीवनशैलीमा ध्यान दिइयो भने २०–३० वर्षमा देखिने सुगर ६०–७० वर्षमा देखिनसक्छ। तर मलाई सुगर लागिहाल्छ भनेर हेलचक्रयाई गर्नुभयो भने बेलैमा लाग्न सक्छ। त्यसैले जीवनशैली महत्वपूर्ण पक्ष हो।
जीवनशैली अनुशासित भयो भने वंशानुगत कारण भए पनि सुगर नहुन सक्छ अथवा भयो भने पनि धेरै पछि हुन्छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर