विश्व-राजनीति चिनियाँ राष्ट्रपति सी को शक्ति केन्द्रीकरणको रुपमा हेरीएको चिनियाँ पार्टीको सम्मेलन
- फाल्गुन २१, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
केही दिनमा सुरु हुने चिनियाँ कम्युनिस्ट पार्टीको बैठकबाट महत्त्वपूर्ण पदमा हुने नियुक्तिलाई चिनियाँ अर्थतन्त्रको मार्ग कस्तो हुन्छ भन्ने कुराको अध्ययन गरिरहेकाहरूले नजिकबाट हेर्ने छन् ।
चिनियाँ राष्ट्रपति सी जिन्पिङको शक्ति केन्द्रीकरणको रुपमा हेरीएको चिनियाँ पार्टीको सम्मेलनलाई सी ले आफूलाई केन्द्रमा राख्दै पुर्नसंरचना गरेको पनि खुल्न आएको छ ।
जसको कारणले उनलाई चुनौती दिन सहज छैन । यो शक्तिको नयाँ उत्तराधिकारी हुने व्यक्तिलाई राष्ट्रपति सी को ‘रबर स्ट्याम्प’ भनिने गरिन्छ । जसलाई कम्युनिस्ट पार्टीका ३ हजार प्रतिनिधि सहभागी वार्षिक बैठकले अनुमोदन गर्दैछ।
चीनका प्रधानमन्त्री विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका व्यवस्थापक मात्रै नभई राष्ट्रपति सी पछिका दोस्रो शक्तिशाली व्यक्ति पनि हुन्।
भष्ट्राचारको मुद्दा लागेर प्रधानमन्त्रीबाट बाहिरिएका ली खछ्याङले पहिलो दिनको सत्रमा मञ्च पाउनेछन् भने सत्रको अन्त्यमा उनको ठाउँमा नयाँ प्रधानमन्त्री आउनेछन्। चीनको नयाँ प्रधानमन्त्री सम्भवतः ली चियाङ हुने ठानिएको छ।
विशेषगरी राष्ट्रपति सी सँगको सामीप्यताका दृष्टिले उनीहरू निकै फरक पृष्ठभूमिका मानिसहरू हुन् । सी ले भ्रष्ट्राचार विरोधी अभियानसँगै पार्टीमा आफ्नो प्रतिस्पर्धी गुटका धेरै नेतालाई कारबाही गरे ।
गत अक्टोबरमा कम्युनिस्ट पार्टी कंग्रेसले देशको शक्तिशाली निकाय सात सदस्यीय पोलिटब्युरो स्थायी समिति नियुक्त ग¥यो जसमा सीका निकटस्थहरू मात्रै अटाएका छन्।
अबको बैठकले धेरै वटा मन्त्रालय र विभागका प्रमुखहरूको हेरफेर हुँदैछ । त्यसमा पनि सी निकटहरू नै समावेश हुने ठानिएको छ । उनीहरूले आफूलाई नियुक्त गर्ने व्यक्तिलाई कति खुलेर सुझावहरू दिन सक्छन् भन्ने प्रश्न कतिपयले गरिरहेका छन ।“एक पक्षबाट हेर्दा नयाँ नेतृत्वका कारण आफूले चाहेका काम गर्न सी लाई सजिलो हुन्छ । तर अर्को पक्षबाट हेर्दा उनी ‘इको च्याम्बर’मा फस्ने जोखिम पनि उत्तिकै छ,” एक जना अनुभवी व्यवसायीक व्यक्तित्वले बताए ।
राष्ट्रपति सी अघि सारेको शून्य कोभिड नीति, विरोधपछि त्यसको हठात् परित्याग, अर्थतन्त्रको सङ्कट, प्रविधि कम्पनीहरूमा नियन्त्रण, उच्च युवा बेरोजगारी र सेवा उद्योगमा भएको क्षति जस्ता कुराले उनको शक्तिलाई चोट पु¥याएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments