कार्वाहीको लागि प्रतिवेदन मार्फत सिफारिस – जसपाले अन्र्तघातीलाई कार्वाही गर्ने

- फाल्गुन २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा अन्र्तघात गर्नेहरुको छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष यादवले यदि कसैले अन्र्तघात गरेको उजुरी भएमा उ माथि कार्वाही हुने पनि उनले बताए ।
यो प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पंक्ति तयार गर्दै आउने पिँढीलाई मार्गनिर्देशसमेत गर्ने अध्यक्ष यादवको भनाइ छ ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न शिवलाल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।अन्तरघात गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि प्रतिवेदनमार्फत् सिफारिस गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर