ओपन सोसाईटीमा भिजेकाहरुले ईन्डिभिज्युल परिधी भित्र रहेर आफनो स्पोर्टस ईन्ज्वाई गर्न पाउनु पर्छ -कांग्रेस महामन्त्री थापा

- फाल्गुन २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौंं ।

लिबरल आईडियोलोजी मा बिस्वास गर्ने खुल्ला मन भएका (ओपन सोसाईटी)मा भिजेकाहरुले ईन्डिभिज्युल परिधी भित्र रहेर आफनो स्पोर्टस ईन्ज्वाई गर्न पाउनु पर्छ भन्ने दल नेपाली कांग्रेस हो , नेपाली कांग्रेस वडा नं ९ को आयोजनामा गरिएको ई स्पोर्ट्स पब्जी टुर्नमेन्टको कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगन थापाले उक्त कुरा बताए ।
भने महामन्त्री थापाले अहिले संसार भनेको प्रविधिको संसार भएकोले यसको महत्व र विकासको लागि कांग्रेसले हरसम्भव प्रयास गर्ने छ ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस वडा नम्वर ९ इकाई समितिका उपसभापति एवं कार्यक्रमका संयोजक सौरभ श्रेष्ठले, भने खेल प्रेमीहरूको उत्साहजनक उपस्थिति, माया र खेलप्रति प्रेमीहरुले देखाएको प्रेमले खेलको निरन्तरता अर्को वर्ष पनि हुनेमा ढुक्क छौं ।
कार्यक्रममा प्रदेश सभा सदस्य सुरजचन्द्र लामिछाने, माइति नेपालकी अध्यक्ष अनुराधा कोइराला, कांग्रेसकी नेतृ द्रोणा खड्का , नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापति कविर शर्मा लगायत विभिन्न सम्मानित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । नेपाली कांग्रेस वडा नम्वर ९ इकाई समितिकोे आयोजनामा गरिएको उक्त टुर्नमेन्टमा १०५ जना खेलाडीहरुलाई ५ ५ जनाको समूहमा बिभाजीत गरिएको थियोे ।
भने अन्तिम राउण्डमा बाँकी रहेका १८ जना खेलाडीहरुबाट तिन जना पहिलो,दोस्रो र तेस्रो चुनिएका थिए । जसमा टि टु के समूह प्रथम , दोश्रो पुरस्कार बिजेता रेड स्पोर्टस समूह दोस्रो र , कवा वाईटि समूह तेस्रो भएका थिए भने ,र म्यान अफ द म्याचको उपाधि ई स्पोर्टसले चुमेको छ । उक्त टुर्नामेन्टमा प्रथम हुनेलाई नगद पुरस्कार ७५ हजार दोश्रोलाई ४० हजार तेश्रो लाई २५ हजारका साथै म्यान अफ द म्याजलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर