निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण आठ दलले बोलाएको भेला स्थगित

- फाल्गुन २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

संघीय र प्रदेश सांसदको संयुक्त भेला राष्ट्रपतिको निर्वाचनको अघिल्लो दिन आठ दलले बोलाएको भेला स्थगित भएको छ । निर्वाचन आयोगले लागू गरेको आचारसंहिताका कारण भेला रोकिएको जानकारी नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए ।
आचार संहिता १७ फागुन देखि ५ चैतसम्म लागु हुने निर्वाचन आयोगले जनाएको छ । आठ दलीय कार्यदलले गरेको निर्णय अनुसार संघीय प्रदेशका सांसदको छुट्टाछुट्टै अभिमुखिकरण गरिसकेको छ । बिहीबार संघीय सांसद र शुक्रबार प्रदेश सांसदलाई शीर्ष तहका नेताहरुले अभिमुखीकरण गरेका छन् ।
पुरानो गठबन्धन व्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मत दिनका लागि आफ्ना सांसदहरुलाई अभिमुखीकरण गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर