•  १२ पुष २०८१, शुक्रबार

अमेरिका र चीनले विभिन्न प्रलोभन देखाएर नेपाललाई प्रभाव पार्न खोज्दैछन नेपालका लागि पूर्वभारतीय राजदूत रे

- फाल्गुन २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालका लागि पूर्वभारतीय राजदूत रञ्जित रेलले यदि भारतले कुनै पनि पाइला पछि सारे नेपालमा खाली ठाउँ सृजना हुने तथा नेपालको आन्तरिक मामिलामा अन्य मुलुक हाबी हुने दाबी गरेका छन् । यो भारतको हितमा नहुने उनको भनाइ छ ।
‘भारतको लागि, हाम्रो सुरक्षा र विकास उच्च दाउमा रहन्छ; हामीले नेपालका सबै वर्गहरू र विशेषगरी नयाँ राजनीतिक

शक्तिहरू र युवाहरूसँग संलग्न रहनुपर्छ,’ भारतीय अनलाइन पत्रिका डेक्कन हेराल्डमा लेखेको आलेखमा उनले , ’कुनै पनि कदम फिर्ता वा हाम्रो प्रोफाइललाई कम गर्दा एक खाली ठाउँ सिर्जना हुनेछ जुन अरूले भर्नेछ र यो हाम्रो दीर्घकालीन रणनीतिक हितमा नहुन सक्छ भनेर लेखेका छन् ।

’नयाँ राजनीतिक शक्तिसँग नजिक हुनुपर्ने धारणा पनि राखेका छन् । काठमाडौँ डिलेमा तथा रिसेटिङ इन्डिया–नेपाल टाइज पुस्तकका लेखक रेले नेपाल अहिले कमजोर आर्थिक अवस्थासँगै अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन तथा चीनको बेल्ट एन्ड रोड इनिसियटिभका माध्यमबाट नेपाललाई आफ्नो प्रभावमा पार्ने होडबाजी चलिरहँदा नेपाल राजनीतिक अनिश्चितताले ग्रस्त बनेको समेत दाबी गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर