स्ववियु चुनाव नजिकिएका बेला भएको घटनाको छानविन हुन्छ – नेविसंघ अध्यक्ष शेर्पा

- फाल्गुन २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसको भातृसंस्था नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले त्रिविमा केही दिनअघि भएको दुई समूहबीचको झडपबारे सत्यतथ्य बुझ्न छानबिन समिति गठन हुने बताएका छन्।
दुई समूहबीच झडप हुँदा पूर्व कोषाध्यक्ष शिव रिमाल, हरि आचार्य र पदम भट्टराई घाइते भएका थिए।
फागुन १८ मा भएको उक्त घटनाबारे बुझ्न छानबिन समिति गठन गरिने अध्यक्ष शेर्पाले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘यो दुःखद घटनाको सत्यतथ्यका लागि छानबिन समिति गठन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ कामना गर्दछु।’उनले संगठनभित्रका आन्तरिक एकतालाई मजबुत बनाउन आफूले हल खोज्नेसमेत बताएका छन्।


नेविसंघमा संस्थापन पक्ष र संस्थापनइतरले आ–आफ्ना गतिविधि बढाइरहेका छन्। स्ववियु चुनाव नजिकिएका बेला नेविसंघमा गुटको द्वन्द्व देखिएको छ।नेविसंघलाई कांग्रेसले पूर्णता पनि दिएको छैन। आमचुनावपछि महाधिवेशन गर्ने भने पनि नेविसंघ महाधिवेशन अन्यौलमा परेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर