श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउँछ-कांग्रेसका वरिष्ठ नेता पौडेल

- फाल्गुन २१, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

आइतबार नेपाल ट्रेड युनियन काँग्रेसको ७७ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिले राष्ट्रलाई माथि उठाउने बताएका हुन् ।
हामीले मलुकलाई अगाडि बढाउनको लागि सबैभन्दा बढी श्रमको सम्मान गर्ने संस्कृतिलाई अगाडी बढाउनु जरुरी छ । आज हाम्रा जम्मै गाउँघर, पाखाहरु बाँझो छन्,’ उनले भने, ‘हामी विदेशबाट खानेकुरा ल्याएर खाइराखेका छौँ । अरबौँ, खरबौँको आयात गरेका छौँ । धान्ने कसरी हो ? त्यसकारण श्रम गरेर, आफ्नै भूमिमा पाखुरा बजारेर हामीले हाम्रो राष्ट्रलाई उठाउनुपर्छ।’
उनले राष्ट्रलाई अगाडि बढाउनका लागि श्रमको सम्मान गर्नुपर्ने बताए । उनले आफ्नो गाउँघरका खेतबारी बाँझो राखेर खानेकुरा विदेशबाट आयात गरेर खाइराखेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताए
उनले भने, ‘श्रम नै राष्ट्रियता हो । यही नै देशभक्ति हो । यो देशभक्तिलाई तपाईहरुले पूर्ण रुपले अवलम्वन गर्नुहुनेछ । र श्रम गर्ने जनतालाई सम्मान गर्ने र प्रेरणा दिने, श्रम गर्नेलाई प्रेरित गर्ने काममा हामी सबै लागौँ । राज्य त्यतै उन्मुख होस् ।’
उनले श्रम गरेर बाँच्न सबैलाई आग्रह गरे । श्रम गर्दा शरीर स्वस्थ रहने भन्दै उनले शरीरलाई स्वस्थ बनाइराख्नका लागि पनि श्रम आवश्यक रहेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर