कांग्रेस नेता डा.भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

- फाल्गुन २२, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

खाना पकाउने ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते भएका सांसद नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुँदै गएको छ। भण्डारीको स्वास्थ्यका सबै प्यारामिटरहरू सामान्य हुँदै गएको चिकित्सकहरूले बताएका छन्।
चिकित्सकहरू र अस्पताल प्रशासनले सांसद भण्डारीलाई भेटघाट गर्न परिवारका सदस्यबाहेक अरूलाई भने दिएका छैनन्।
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए। हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई उपचारका लागि मुम्बई लगिएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो। जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर