केन्द्रिय नेतृत्वमा नयाँ समीकरण बने सँगै कर्णाली प्रदेशमा एमाले एक्लिदै
- फाल्गुन २२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
सुर्खेत ।
केन्द्रको सत्ता समीकरणको खेलको असर अहिले प्रदेशमा पनि पर्न थालेको छ । केन्द्रिय नेतृत्वमा नयाँ समीकरण बनेसँगै कर्णाली प्रदेशमा पनि सत्ता समीकरण फेरिने चर्चा छ । सरकार परिवर्तन भएमा पुनः कर्णालीमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस मिलेर सरकार चलाउँनेछन् ।
अघिल्लो कार्यकालमा पनि माओवादी र एमालेको गठबन्धन भत्किएपछि कांग्रेस–माओवादी मिलेर आलोपालो सरकार चलाएका थिए । राप्रपा सांसद सन्तोषी शाहीले बिहीबार प्रदेशप्रमुख तिलक परियारलाई सरकारप्रतिको समर्थन फिर्ता लिएको पत्र बुझाएकी छन् । शाही प्रदेशसभामा राप्रपाको एकमात्र सांसद हुन् । सरकारलाई समर्थन दिए पनि राप्रपा सरकारमा सहभागी भएको थिएन ।
अहिले एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सरकार चलिरहेको छ । माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री छन् । माओवादी र एमालेबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो । पहिलो आधा कार्यकाल माओवादी र दोस्रो आधा कार्यकाल एमालेले सरकार चलाउने सहमति थियो । नयाँ समीकरण बनेमा उक्त सहमति कार्यान्वयन नहुने देखिन्छ ।
सत्ता समीकरण बदलिएपनि मुख्यमन्त्री शर्मा भने ढुक्क छन् । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउनका लागि २१ सीट आवश्यक पर्छ । माओवादी एक्लैसँग १३ सीट ,नेपाली कांग्रेससँग १४ सीट छ भने नेकपा एकीकृत समाजवादीको एक, राप्रपाको एक र एक जना स्वतन्त्र सांसद रहेका छन् । सरकार बन्नका लागि माओवादी र कांग्रेसकै सीट पर्याप्त छ ।
कर्णालीमा एमालेले तीन वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । एमालेका विनोदकुमार शाहले आर्थिक मामिला तथा योजना मन्त्रालय, टेकराज पछाईले सामाजिक विकास मन्त्रालय, र जीतबहादुर मल्लले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । एमालेका सांसदहरु भने केन्द्रको सर्कुलर अनुसार नै अघि बढ्ने बताएका छन् । यस विषयमा निर्णय भइनसकेको उनीहरुको भनाई छ ।
।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments