रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने ‘स्लेट ढुङ्गा’ ले लियो बजार
- फाल्गुन २२, २०७९ मा प्रकाशित
कासिन न्यूज,
जाजरकोट ।
यहाँ प्रशोधन ‘स्लेट ढुङ्गा’ को रङ परिवर्तन नहुने, प्राकृतिक र आकर्षक देखिने भएकाले घर निर्माणमा प्रयोग हुने जनाइएको छ । पछिल्लो समय यहाँका स्लेट विदेशबाट आयातित मार्वल तथा टायलको विकल्प बन्दै गएको जनाइएको छ ।
विगतमा ढुङ्गा–माटोले बनेका घरमा छानो छाइने ढुङ्गा अहिले सहरमा निर्माण हुने आधुनिक घरमा सजावटका लागि टाँस्ने, विछ््याउने कामदेखि मठमन्दिर, सत्तल र पदमार्गमा पनि अत्यधिक प्रयोग हुन थालेको छन् ।
सो स्लेट सबैभन्दा बढी नेपालगन्ज र सुर्खेतमा खपत हुने गरेको छ भने पछिल्लो समय पोखरा, काठमाडौँ, चितवन, बुटवल, दाङ, विराटनगर, नेपालगन्जलगायतका सहरबाट बिक्री हुने जनाइएको छ ।
वार्षिक २५ ट्रक बिक्रीका लागि पठाउने गरेको र विद्युत्को केन्द्रीय लाइन पुगेकाले काम गर्न सहज भएको व्यवसायीहरु बताउँछन् । स्लेट भेरी–१० भुरचौरस्थित जाजरकोट ढुङ्गा सप्लायर्स एण्ड कटिङ सेन्टरमार्फत प्रशोधन भएर अन्यत्र जाने गर्दछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments