विश्वकप लीग–२ नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा उक्लियो
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालले अन्तिम खेलमा युएईलाई ४२ रनले पराजित गरेपछि सिधै ओडिआई मान्यता प्राप्त गर्न अव दुई खेल आवश्यक पर्ने भएको छ । नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।
नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै खेल जित्नुपर्ने हुन्छ । नेपालले बाँकी चार खेल जित्दा टोलीको कुल ४० अंक हुनेछ । नामिबिया ३९ अंकका साथ तेस्रो स्थानमा छ । ४० अंक हुँदा नेपालले नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा अन्त्य गर्नेछ ।
स्कटल्यान्ड ३६ खेलमा ५० अंकका साथ च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको हो । अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा अन्त्य गर्नेछ । नामिबियाको सबैभन्दा उच्च सम्भावना छ । नेपाल र युएई अव बाँकी एक खेलमा हार्दा शीर्ष तीन दौडबाट बाहिरिनेछन् ।
नेपालले घरेलु मैदानमा दुई साताअघि नामिबिया र स्कटल्यान्डसँग चारै खेल जितेको थियो । बिहीबार देखि नेपाल, युएई र पपुवा न्युगिनीबीच त्रिकोणात्मक ओडिआई सिरिज टियुमा हुनेछ । नेपालको लक्ष्य सबै खेल जित्दै सोझै विश्वकप छनोट र ओडिआई मान्यता प्राप्त हुनेछ ।
यदि नेपाल शीर्ष तीनमा पर्न नसके विश्वकप छनोटको लागि क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार, क्यानडा र जर्सी हुनेछन् ।
जसबाट शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् । लिग २ मा शीर्ष पाँचमा पर्न नसके ओडिआई मान्यता जोगाउन नेपालले प्लेअफ क्वालिफायरमा शीर्ष चारमा पर्नुपर्ने हुन्छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments