राष्ट्रपति निर्वाचनमा पौडेललाई सहयोग गर्ने बारेमा राप्रपा सकारात्मक

- फाल्गुन २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालय पुगेर नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग भेट गरेका छन ।
भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताए । उनले राप्रपाले सकारात्मक जवाफ दिएको र अग्रिम शुभकामना दिएको पनि बताए ।
उनले भने, ‘२५ गते हुने राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल संविधानको रक्षा गर्नसक्ने उपयुक्त पात्र हुनुहुन्छ त्यसकारण हामीले उहाँहरूसँग हामीलाई सहयोग गर्न भन्यौँ । उहाँहरूले अग्रिम शुभकामना दिनुभयो । उहाँहरूले २४ गते बैठक बसेर निर्णय गर्ने भन्नुभएको छ । सकारात्मक जवाफ आएको छ ।’
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरू आफूलाई समर्थन गर्न आग्रह गर्दै नेताहरूसँगको भेटलाई तीव्र बनाइरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर