दोलखामा कुनै साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई जिल्ला सभापति तोकेकोमा बिवाद
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेस दोलखाले नेविसंघजिल्ला अध्यक्षका लागि सहमतिमा सौगात थापाको नाम पठाइए पनि नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले दोलखामा कुनै साधारण सदस्यसमेत नरहेको व्यक्तिलाई जिल्ला सभापति तोकेका थिए । त्यही बिषयलाई लिएर कांग्रेस दोलखाका सभापति बर्मा लामाले नेविसंघ केन्द्रीय अध्यक्ष शेर्पाको बर्खास्तीको कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्राचार गरेका छन् ।
गत पुस १४ गते नेविसंघ केन्द्रीय समितिले कांग्रेस दोलखालाई पत्र पठाएर जिल्ला सभापतिको नाम पठाउन भनेको थियो। जसअनुसार माघ १० गते सौगातको नाम पठाइएको लामा बताए ।
‘पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिस लत्याई व्यक्तिगत स्वार्थ र काठमाडौंतिरको निकटताको आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सिर्जना गर्ने नेविसंघका असक्षम केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न माग गर्दछौं,’ सभापति देउवालाई पठाइएको पत्रमा भनिएको छ।
साथै सभापति बर्माले जिल्ला कार्यसमितिले निर्णय गरेअनुसार नेविसंघ जिल्ला सभापति तोक्नसमेत माग गरेका छन्।
नेविसंघ केन्द्रीय समितिबिहीन छ। कांग्रेसले नेविसंघमा अध्यक्ष शेर्पालाई नियुक्त गरे पनि उनको म्याद सकिन लागेको छ। नेविसंघ केन्द्रीय समितिले पूर्णता नपाइकन स्ववियु चुनाव आएको भन्दै जिल्ला अध्यक्षलगायत विभिन्न पदमा मनोनीत गर्न थालेपछि विवाद भइरहेको छ। संस्थापनइतर समूहले पनि नेविसंघको समानान्तर समिति बनाएर स्ववियु चुनावलगायत तयारी थालेका छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments