सरकारी सहयोगको अत्तोपत्तो छैन तै पनि कृषि औजार कारखानालाई ब्यूँत्याउने प्रयासमा छन् बैज्ञानिक पुन

- फाल्गुन २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

लगभग बन्दको अवस्थामा रहेको नेपाल कृषि औजार कारखानाले आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनको नेतृत्व पाएपछि ब्यूँतिने मौका पाएको छ ।
अहिले आविष्कार केन्द्रले कृषि कार्यमा प्रयोग हुने सावेल (बेल्चा), कुटो, कोदालो, गैंती, हँसिया, बन्चरो जस्ता उपकरण उत्पादनको परीक्षण थालेको पनि पुनले बताए। अघिल्लो सरकारले आविष्कार केन्द्रसँग कारखाना सञ्चालनको सम्झौता गरेको थियो। त्यसमा सरकारबाट पहिलो चरणमा साधारण मर्मतसम्भार गरेर चल्न सक्ने बनाउन सहयोग गर्ने तय भएको थियो।
“६० वटामा ५४ वटा मशिन मजाले चल्न सक्ने अवस्थामा आएका छन्,” पुनले भने, “तीन वटा भने चल्नै नसक्ने गरी ध्वस्त भएका रहेछन्।”

कृषि औजार कारखाना


प्रारम्भिक अध्ययन अनुसार, कारखाना पूर्ण क्षमतामा चलाउन तत्काल २५ करोड लाग्ने अनुमान छ। सरकारसँग भएको सम्झौता अनुसार १० वर्षसम्म केन्द्र आफैंले कारखाना सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण गर्नेछ। कारखानाले गर्ने मुनाफा केन्द्र र सरकारबीच आधा आधा बाँडिने पनि सम्झौतामा उल्लेख छ। “मर्मतसम्भार र परीक्षण उत्पादन गर्न केन्द्रको ३० लाख खर्च भइसकेको छ,” पुनले भने, “सरकारी सहयोगको अत्तोपत्तो छैन।”
झन्डै ३० वर्षदेखि बन्द रहेको कारखाना फेरि सञ्चालन गर्न केन्द्रका चार मेकानिकल इन्जिनीयर सहित ११ जनाको टोली खटिइरहेको छ। आविष्कार केन्द्रको टोलीले आठ प्रकारका कृषि औजारको परीक्षण उत्पादन शुरू गरेको छ।
अर्थ मन्त्रालयबाट पैसा आउन ढिला भएकाले काम अघि बढाउन गाह्रो हुँदै गएको उनको भनाइ पुनको छ । केन्द्रले अर्थ मन्त्रालयलाई केकति खर्च लाग्ने भन्ने विस्तृत प्रतिवेदन बुझाइसकेको छ ।
अर्थले पैसा निकासीबारे स्पष्ट उत्तर नदिए पनि भएको सम्झौताको आधारमा केन्द्रको क्षमता अनुसार गर्न सकिने काम शुरू गरिएको छ । “मशिन धेरै पुराना छन्। तिनका पार्टपुर्जा फेर्नुपर्दा एउटै मशिनलाई तीन–चार लाख पर्छ।
आविष्कार केन्द्रका अध्यक्ष पुनले १० बिघामा फैलिएको कारखानालाई कृषि अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने परिकल्पना रहेको बताए।

कारखानामा काम गर्दै बैज्ञानिक पुन

राजा महेन्द्रका पालामा सोभियत सरकारको अनुदान सहयोगमा २०२४ सालमा स्थापित नेपाल कृषि औजार कारखानाले हँसिया, खुर्पी, कुटो, कोदालो तथा विद्युत् प्राधिकरणका लागि विद्युत्का पोल उत्पादन गर्ने गरेको थियो। साथै, कारखानामा तत्कालीन यातायात संस्थान, नेपाल वायु सेवा निगमका लागि आवश्यक औजार पनि बनाउने गरेको थियो।
कृषि प्रविधिको प्रयोगले कृषकको श्रम र समय बच्ने हुँदा विश्वमा भएका नयाँ नयाँ नवप्रवर्तनलाई नेपाली परिवशेमा सुधारेर औजार बनाउन सकिने उनी बताउँछन्। “हाम्रो कृषि प्रणाली धानेको नै निर्वाहमुखी खेती गर्ने किसानहरूले हो,”
यसका लागि स्थानीय रूपमा प्रयोग हुने औजार र प्रविधिको विकास गर्नुपर्ने हुन्छ । त्यसका लागि कृषि औजार कारखाना उपभोगी हुने छ । गाउँठाउँमा उपयोगी हुने प्रविधि हस्तान्तरण र रूपान्तरणमा कारखाना केन्द्रित हुनुपर्ने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर