८० हजार लिटर डिजेलमा मट्टितेल मिसाइयो
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा ८० हजार लिटर डिजेलमा मट्टितेल मिसावट भएको प्रमाणित भएको तर ती टयाङकरहरूमा कति मात्रामा मट्टितेल मिसावट भएको हो भन्ने निश्चित नभएपछि थप परीक्षणका लागि स्याम्पल भारत पठाइने भएको छ ।
गत फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको चार वटा ट्यांकरमा मट्टितेल मिसावट पाइएको हो । जसअनुसार मे १ ख २१४९,मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरको ट्यांकरमा ल्याइएको कुल ८० हजार लिटर डिजलमा मटितेल मिसावट भएको प्रमाणित भएको हो ।
सो बारेमा अध्ययन गर्न गठित छानबिन समितिले पनि झापाबाट काठमाडौंको केन्द्रीय ल्याबमा परीक्षणका लागि ल्याइएको डिजलको नमुना परिक्षण गर्दा मट्टितेल मिसावट गरिएको प्रमाणिकरण गरेर प्रतिवेदन पनि बुझाइसकेको छ । समितिले सिफारिस गरे अनुसार मात्र निर्क्यौल गर्न नसक्दा नमुना संकलन गरेर भारत लैजान लागिएको हो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments