प्रधानमन्त्री दाहाललाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग षडयन्त्रको गन्ध – प्रवक्ता एवं सञ्चार मन्त्री शर्मा
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग षडयन्त्र भएको आशंका नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी छिन् । विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको पनि उनले बताइन् ।
धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु स्वाभाविक ढंगले भएका छन् ।’
उनले अगाडि भनिन्, ‘अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि ? म सरकारको तर्फबाट के भन्न चाहान्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं ।’
शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसदमा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको उनको भनाइ छ । त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको उनले बताइन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments