दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा क्लिन्सम्यानल नियुक्त

- फाल्गुन २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जर्मनीसँग सन् १९९० मा विश्वकप जितेका जर्मनी र अमेरिकाका पूर्व प्रशिक्षक ५८ वर्षीय क्लिन्सम्यानल योर्गेन क्लिन्सम्यान दक्षिण कोरियाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् उनले साढे तीन वर्षको सम्झौता गरेका हुन् ।
सम्झौतासँगै क्लिन्सम्यानले क्यानडा, मेक्सिको र अमेरिकामा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकपसम्म दक्षिण कोरियाको प्रशिक्षण हेर्नेछन् । दक्षिण कोरियाबाट उनको पहिलो खेल २४ मार्च कोलम्वियाविरुद्धको मैत्रीपुर्ण खेलबाट हुनेछ ।
जर्मनीका लागि २०८ खेलमा ४७ अन्तर्राष्ट्रिय गोल गरेका क्लिन्सम्यानले फिफा विश्वकव कतार २०२२ मा दक्षिण कोरियालाई प्रि–क्वाटरफाइनल पु¥याएका प्रशिक्षक पाउलो बेन्टोको स्थान लिनेछन् ।
चार वर्ष दक्षिण कोरियाको प्रशिक्षक रहिसकेका बेन्टोले फिफा विश्वकप कतार २०२२ मा दक्षिण कोरिया प्रि क्वाटरफाइनलबाट बाहिरिएसँगै आफ्नो पदबाट राजीनामा दिएका थिए ।
‘गुस हिडिङदेखि पूर्व प्रशिक्षक पाउलो बेन्टोसम्म कोरियाली राष्ट्रिय टोलीलाई निर्देशन गर्ने महान प्रशिक्षकहरूको पाइला पछ्याउन पाउँदा म धेरै खुसी र सम्मानित छु ।’ क्लिन्स्म्यानले भने, ‘मलाई थाहा छ कि कोरियाली राष्ट्रिय टोलीले लामो समयदेखि सुधार र नतिजा हासिल गरिरहेको छ । म आगामी एसिया कप र २०२६ को विश्वकपमा सफल नतिजा ल्याउन सक्दो प्रयास गर्नेछु ।’
इंग्लिस क्लब टोटेनहमका पूर्व फरवार्ड क्लिन्सम्यान २७ नोभेम्वर २०१९ मा जर्मन क्लब हर्था बर्लिनको प्रशिक्षक बनेका थिए । तर, क्लिन्सम्यानले १० सातामै अर्थात ११ फेब्रुअरी २०२० मा राजीनामा दिएका थिए । त्यसयता उनी खाली नै रहेका थिए ।
अनुभवी प्रशिक्षक क्लिन्सम्यानले जर्मनी, बायर्न म्युनिख, अमेरिका र हर्थालाई प्रशिक्षण दिइसकेका छन् । उनको प्रशिक्षणमा जर्मनीले घरेलु भुमिका २००६ मा भएको विश्वकपमा तेस्रो स्थान हासिल गरेको थियो । सन् २०१४ मा अमेरिकालाई विश्वकपमा नकआउट चरणमा पु¥याएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर