राष्ट्रपति निर्वाचनको बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक

- फाल्गुन २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा ८ दलका नेताहरुको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे बोलाइएको थियो । ‘२५ गते बिहिबार हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो,’ ।
आठ दलले गठन गरेको कार्यदलका सदस्य अब्दुल खाँनले भने,‘राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागेका हौं ।’
राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ । आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई बनाएको छ । नेकपा एमालेले नेता सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर