चलचित्र क्षेत्र
अनमोलको इनिसियल स्टारको पोजिसन खतरामा
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली चलचित्रको बजारमा राम्रो नायकको भूमीकामा देखीएका अनमोल के.सी जानेमाने नायक भुवन के.सीका छोरा हुन् । चलचित्रलाई पारिवारीक विरासतको रुपमा लिने युवा नायक के.सीलाई पछिल्लो समय चलचित्र त्यति नफापेको हो कि भन्ने आकलन गर्न थालेका छन् नेपाली चलचित्रका पण्डितहरु ।
हालै प्रर्दशनमा आएको युवा नायक के.सीको ‘छड्के २’ले सोचे जस्तो व्यापार चलचित्रको बजारमा गर्न नसकेको आवाजहरु बाहिरीन थालेका छन् । ‘छड्के २’को पहिलो सो र पहिलो दिन जे सोचीएको त्यसको एक अंश पनि यसले गर्न नसकेको बताउन थालेका छन् चलचित्रकर्मीहरु नै ।
स्टार नायकहरुले जुन हिसाबकोे दर्शक हलमा पाउनु पथ्र्यो त्यसको दाँजोमा ‘छड्के २’ले नपाएको पनि बताइएको छ । एउटा स्टारडम भै सकेका के.सीले किन यस्तो भयो । यो अर्को बिषय हो । तर नेपाली चलचित्रमा घाटाको व्यापार नगर्ने के.सी परिवारलाई यसपाली ठूलै झट्का लागेको चलचित्र बृत्तमा सुनिन थालीएको छ ।
जसको जस अपजस दुबै स्टार नायक के.सीलाई जानेमा दुईमत छैन् । जसरी ‘कृ’ आगमन सँगै स्टार नायकले आफनो पारिश्रमिकमा पनि बढ्दोत्तरी गरेको बताइन्छ । बिगतमा ७–८ लाखमा चलचित्रमा हस्ताक्षर गर्न राजी हुने के.सीले अहिले आफनो भाउ ह्वातै बढाएको कारण पनि अहिले असफलताको सामना गर्नु परेको आवाज पनि सुनिएको छ । अहिले के.सीले चलचित्र अभिनयको भाउ बढाएर २० लाख पुर्याएका रहेछन् ।
जसै ‘कृ’ लाई जुन हिसाबले बयान गरिएको थियो । त्यसले पनि बजार नलिएको यसका निर्माता सुवास गिरी बताउन थालेका छन् । यहाँ सम्म ‘कृ’का अर्का निर्माताको भुवन के.सी पनि थिए ।‘कृ’ फ्लप हुनुका बावजुद निर्माता उनलाई ५० लाख दिन तयार भए । उनलाई ५० लाख दिएर लिन चाहानेको ताँती थियो । उनले यो ताँतीबाट छानेर ‘ए मेरो हजुर ३’मा अभिनय गरे ।
योभन्दा अघि उनले घरकै ब्यानर काजल फिल्मस्बाट ‘क्याप्टेन’ गरेका थिए जसको पनि बक्स अफिस रिपोर्ट राम्रो थिएन । भुवन केसी आफैँले निर्माण गरेको यो फिल्मको समीक्षा पनि राम्रो थिएन । ‘ए मेरो हजुर ३’ हिट फिल्म थियो तर यो फिल्ममा अनमोलको कामको कुनै तारिफ भएन । छाडा संवाद र दृश्यले भरिएको यो फिल्ममा निर्देशक झरना थापाले आफ्नै छोरीको मुखबाट पत्याउनै नसकिने संवाद बोलाएको आरोप लागेको थियो ।
यस्ता आरोपलाई सुनेको वास्ता नगर्ने अनमोलले ‘ए मेरो हजुर ४’ गरे । ‘केजीएफ२’ सँग प्रतिस्पर्धा गरेको यो फिल्मले न त बक्स अफिसमा सफलता पायो न दर्शकलाई राम्रो लाग्यो । प्रेमकथाका फिल्ममा मात्र काम गरेर हुँदैन भनेपछि अनमोलले ‘ग्याङस्टर’को भूमिका रहेको ‘छड्के २’ छानेका थिए । तर हरेक विधामा कमजोर रहेको यो फिल्मले अनमोललाई ४ सय ४० को झड्का दिएको छ । नामै नसुनेका कलाकारको फिल्मभन्दा ‘छड्के २’को व्यापार कमजोर छ ।
फलतः ‘कृ’देखि नै उनका फिल्मको व्यापार घट्दै गइरहेको थियो । ‘ए मेरो हजुर ३’ अपवाद थियो तर यो शृंखला हिट हुनमा अनमोलको भन्दा पनि यसको अघिल्लो शृंखलाको योगदान थियो । यसरी अनमोलले इनिसियल स्टारको पोजिसन खराब फिल्म गरेर निरन्तर गुमाइरहेका थिए । अन्ततः यसको असर ‘छड्के २’मा देखिएको हो । अनमोलले यो कुरा विचार गरेर आफूलाई निखारेर फिल्ममा प्रस्तुत गरे मात्र उनको कमव्याक सम्भव छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments