प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्ने तयारीमा छु – प्रधानमन्त्री दाहाल
- फाल्गुन २३, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भइरहेको र छिटै चढ्ने तयारी भइरहेको बताए ।
आफू प्रधानमन्त्री हुँदै गर्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोल गाडी नभई हाइड्रोजन गाडी चढ्न सुझाव दिएको पनि उनले खुलाए । ‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो, तपाईले प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुप¥यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु’ उनले भने ।
विकसित देशमा विस्तारै हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रुपमा बढिरहेको भन्दै प्रचण्डले नेपालमा झन् हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको बताए । ‘हामी ग्रिन इनर्जीको प्रचुर सम्भावना भएको देश हो भने यो इनर्जीलाई हाइड्रोजनमा र हाइड्रोजनबाट तमाम उद्योग व्यवसायलाई हामी किन अगाडि नबढाउने ?’ उनले प्रश्न गरे ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments