अन्तर्राष्ट्रिय नारी दिवस
सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर भन्ने नाराका साथ मनाइदै
- फाल्गुन २४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
मार्च ८ लाई मानिसहरूले महिलाको विशेष महोत्सवको रुपमा मनाउन थालेको पनि एक शताब्दीभन्दा माथि नै भै सक्यो । अन्तर्राष्ट्रिय नारी दिवस श्रमिक आन्दोलनबाट सुरु भएको वार्षिक दिन हो । जसलाई पछि संयुक्त राष्ट्र संघले मान्यता दिएको थियो ।
सन् १९०८ मा न्यू योर्क सिटीमा १५ हजार महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि यो दिवसको बिजारोपण भएको मानिन्छ ।
त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा ग¥यो। उक्त दिनलाई अन्तर्राष्ट्रिय बनाउने विचार चाहिँ क्लारा जेटकिन नामकी कम्युनिस्ट अभियानकर्मी र महिला अधिकारवादी महिलाले अगाडि सारेकी थिइन् ।
उनले उक्त विचार कोपेनहागनमा कन्फरेन्स अफ वर्किङ विमिन नामको सन् १९१० मा भएको सम्मेलनमा सुझाव दिएकी थिइन्। त्यो सम्मेलनमा १७ देशका १०० जना महिला सहभागी थिए। र उनीहरूले त्यस सुझावलाई सर्वसम्मत रूपमा सहमति जनाएका थिए।
त्यो पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्यान्डमा मनाइएको थियो। त्यसको सयौँ वर्ष सन् २०११ मा मनाइएको थियो। त्यसैले यो वर्ष हामीले १११औँ नारी दिवस मनाइरहेका छौँ।
सन् १९७५ मा संयुक्त राष्ट्र संघले त्यसलाई मनाउन सुरु गरेपछि नारी दिवस औपचारिक रूपमा अन्तर्राष्ट्रिय बन्न पुग्यो। राष्ट्र सङ्घले पहिलो नारा “सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर अर्थात् विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने“ भन्ने राखेको थियो।
अन्तर्राष्ट्रिय नारी दिवस महिलाहरू समाजमा कति अगाडि बढे, राजनीति र अर्थतन्त्रमा कति अगाडि बढे भनेर मनाउने दिवस बनेको छ। र विद्यमान असमानताबारे चेतना बढाउन कतै विरोध प्रदर्शन र जुलुस गरेर यो दिवस मनाउने गरिन्छ।
क्लाराले अन्तर्राष्ट्रिय महिला दिवस प्रस्ताव गर्दा कुनै निश्चित दिन तोकेकी थिइनन्।
सन् १९१७ मा रुसी महिलाहरूले ब्रेड एन्ड पीस माग गर्दै चार दिने विरोध प्रदर्शनपछि त्यस बेलाका जारले सत्ता छोडे र त्यसपछि बनेको कामचलाउ सरकारले महिलालाई मतदानको अधिकार दियो।
त्यस बेला रुसमा प्रचलनमा रहेको जुलियन क्यालेन्डर अनुसार २३ फेब्रुअरीको दिनमा महिलाको हडताल सुरु भएको थियो जुन ग्रेगोरिअन क्यालेन्डर अनुसार मार्च ८ परेको थियो र त्यस यता नै नारी दिवस मनाउन थालियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments