पोर्चुगिज फरवार्ड रामोसको गोलले गरायो बेन्फिकालाई बिजयी
- फाल्गुन २४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पोर्चुगिज फरवार्ड गोन्कालो रामोसले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पोचुगिज क्लब बेन्फिका सानदार जित दर्ता गर्दै युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा बेल्जियन क्लब ब्रुगमाथि ५–१ को तथा सम्रगमा ७–१ को सानदार जित निकाल्दै बेन्फिका अन्तिम आठमा पुग्न सफल भएको हो । बेन्फिकाले पहिलो लेगमा २–० को जित निकालेको थियो ।
घरेलु मैदानमा बेन्फिकाको जितमा गोन्कालो रामोसले दुई तथा राफा सिल्भा, जोआओ मारियो र डेभिड नेरेसले गोल गरे । क्लब ब्रुगका विजोर्न मेइजेरले एक गोल फर्काए ।
लिस्वोआमा मंगलबार राति भएको खेलको दोस्रो मिनेटमा नै जोआओ मारियोले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बेन्फिका अग्रता लिनबाट चुक्यो । ३८औं मिनेटमा राफा सिल्भाले गोल गर्दै बेन्फिकालाई १–० को अग्रता दिलाए । उनले गोन्कालो रामोसको पासमा गोल गर्न सफल भए ।
पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा रामोसले गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । उनले जोआओ मारियोको पासमा गोल गर्न सफल भएका थिए ।
५७औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बेन्फिका सहज जिततर्फ अग्रसर बन्यो । उनले एलेक्स ग्रिमाल्डोको पासमा गोल गर्न सफल भएका थिए । ७१औं मिनेटमा जोआओ मारियाले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई ४–० ले अघि बढाए ।
७७औं मिनेटमा डेभिड नेरेशले जोआओ नेभेसको पासमा गोल गरेपछि बेन्फिका खेलमा ५–० ले अघि बढ्यो । ८७औं मिनेटमा विजोर्न मेइजेरले टाजोन बुचानानको पासमा गोल गर्दै खेललाई ५–१ को स्थितिमा ल्याएपनि क्लब ब्रुग पराजित हुँदै बाहिरिन पुग्यो ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments