मौसम जानकारी उपत्यकामा हल्का वर्षा – उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना

- फाल्गुन २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गर्मीको सुरुवातीको लागि मौसममा हल्का परिवर्तन आउन थालेको । राजधानीका केही स्थानमा हल्का पानी परेर मौसमलाई ठन्डा बनाइरहेको छ । अहिले काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार मुलुकभर बादल लागिरहे पनि केही स्थानमा मात्र छिटपुट वर्षा भइरहेको हो ।
विशेष गरेर गण्डकी, लुम्बिनी, बागमतीप्रदेश लगायत पश्चिमका प्रदेशका पहाडी तथा हिमाली भुभागहरूका थोरै स्थानमा हिमपात र केही पहाडी स्थानमा हल्का वर्षा भइरहेको छ।


‘विशेष गरेर पाल्पा र पोखरालगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। झरीको सम्भावना नदेखिए पनि बादल चै दिनभरी लाग्ने देखिन्छ’, भने, ‘काठमाडौंमा धुम्म बादल लागिरहेको छ। हल्का वर्षाको सम्भावना रहेको छ। तर दिनभर जसो पानी पर्ने सम्भावना छैन। कतै कतै छिटपुट वर्षा हुन्छ।’

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर