अन्तर्राष्ट्रिय नारी दिवस
महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको खाँचो

- फाल्गुन २४, २०७९ मा प्रकाशित


सर्मिला शर्मा,
काठमाडौं ।

देशको हरेक क्षेत्रमा महिलाहरूको भूमिकामा सकारात्मक परिवर्तन आउन थालेको छ । समाज वा राजनीति आदिमा हामीले यी परिवर्तनका पाटाहरु देखिरहेका छौं । केही दशकअघि सम्म राजनीति देखी विभिन्न स्थानहरुमा महिलाहरुको सहभागीतालाई न्यून मानिदै आएको थियो ।
अहिले त्यहि स्थानहरुमा महिलाहरुको सहभागिता बढ्दै जानु भनेको सुन्दर पक्ष पनि हो । जसलाई महिला देखी पुरुषहरुको दृष्टिकोणमा पनि सकरात्मक रुपमा लिइने गरिएको छ ।
हरेक पक्षमा अहिले महिलाहरुको सहभागितालाई नर्कान सकिंदैन् । यसले देशको आधि हिस्सा ओगटेका महिला बृद्धि बिकासमा पनि टेवा नपुर्याउला भन्न सकिदैन् ।
आफ्नो परिवारको दह्रिलो साथ पाउँदा महिला पुरुष जो कोहीमा हिम्मत हुने र कुनै पनि प्रकारको हिंसाको प्रतिकार गर्ने हिम्मत आउने पनि गर्छ । राजनीतिक पार्टीहरुमा शीर्ष स्थानहरुमा महिलाहरुको नेतृत्व हुने कुराहरुको अझै अभाव छ । महिलाहरु निर्णय गर्ने ठाउँमा, सर्वोच्च पदाधिकारीहरुमा कति छन भन्ने कुरो हामीले विचार गरेर जानुपर्ने देखिन्छ ।
महिला दह्रो हुँदा कसैको केही नलाग्ने अलिकति हामी हिम्मतिलो हुनुपर्छ ।

अठोटका साथ हिँड्ने हो भने धेरै चीज चुनौतीका साथ पार गर्न सक्छौं ।’ आफूले जमानामा हिम्मतले हिंसाको प्रतिकार गरेको र पहिलेको परिस्थितिमा धेरै फेरबदल आउन थालेको महिलाहरुको भनाई छ । त्यसैले महिलाहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तनको खाँचो छ । जसका लागि समाजले सोच र मानसिकतामा परिवर्तन ल्याउनु जरुरी देखीएको छ ।
तर महिलाहरुलाई पुरुषले हेर्ने दृष्टिकोणमा भने परिवर्तन आउन सकेको छैन् । अहिले पनि पुरुष संसारका भावभंगीमा रंगिएर महिलाहरुलाई गिराउनेहरुको एक हिस्सा समाजमा रहेको छ ।
महिला र पुरुषबीचको समानताको विषयमा धेरै कुरा भएका छन् । यस अनुसार चेतना फैलिएको छ । अहिले थोरै हिम्मतले पनि हिंसाको प्रतिकार हुन्छ ।’ तर, हिंसा के हो भन्ने विषय भने प्रष्टसँग बुझ्नु पर्ने अवस्था पनि छ । महिलाहरुले पनि के सही र के गलत भन्ने सोचेर व्यवहार गर्नुपर्छ ।’
किन कि परापूर्वकाल र पुरातात्विक संस्कृतिको खोल ओढेर अहिले पनि पुरुषहरुले आफूलाई शक्तिशाली हुँ भन्ने घमण्डबाट मुक्त हुन् सकेका छैनन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर