राप्रपाका अध्यक्ष लिङ्देनसहितका केही नेताहरुको मनसाय राष्ट्रपतिमा पौडेललाई मत दिने

- फाल्गुन २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते बिहीबार हुँदैछ । निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।
यही बिषयमा छलफल गर्न बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । दिउँसो एक बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ ।
राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गर्ने छ ।
राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज उठेको छ । तटस्थ बस्नुपर्छ भन्ने पक्षमा ज्ञानेन्द्र शाही लगायतका नेताहरु छन् । तर शाहीले यसबारे प्रतिक्रिया दिन मानेनन् । अर्का एक नेताले भने अधिकांश नेताहरु तटस्थ बस्नुपर्छ भन्ने पक्षमा रहेको बताए । ‘तर बैठकले के निर्णय गर्छ हेरौं,’ ती नेताले भने ।
तर सत्ता समीकरणमा फेरबदल आएपछि राप्रपाले सरकारबाट बाहिरिंदै समर्थन पनि फिर्ता लिएको थियो ।
राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्वाङ दुवैले हालै राप्रपा अध्यक्ष लिङ्देनसहितका नेताहरुलाई भेटेर भोट मागेका थिए । तर अहिलेसम्म राप्रपाका नेताहरु कतै नखुले पनि राप्रपा कार्यसमितीको भरपर्दो सूत्रले कासिनलाई जानकारी दिए अनुसार अध्यक्ष लिङ्देनसहितका नेताहरुको भने पौडेललाई मत दिने भित्री मनसाय देखीन्छ । संघीय संसदमा राप्रपाका १४ र प्रदेश सभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उसको कूल मतभार २ हजार ४५० छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर