दातृनिकायको सहयोगमा आएको ल्यापटप पूर्व सांसदहरुको घर- घरमा

- फाल्गुन २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मुलुकलाई प्रविधिमय बनाउने र सरकारी कामहरुलाई छिटोछरितो ढंगबाट सञ्चालन गर्नका निम्ति विभिन्न दातृनिकायहरुले विभिन्न सामाग्रीहरु सहयोग स्वरुप दिने गरेका छन् ।
त्यसै मध्ये प्रतिनिधिसभाका सदस्यहरुको कामलाई छिटोछरितो रुपले सम्पादन होस् र प्रविधिमैत्री होस् भन्ने उद्देश्यले संसद सचिवालयले दातृ संस्थाको सहयोगमा संसदका विभिन्न समितिका सदस्यहरुलाई ल्यापटप उपलब्ध गराएको थियो । १ लाख भन्दा माथि पर्ने उक्त ल्यापटपहरुलाई विश्व बैंकको मल्टी डोनर ट्रस्ट फन्ड परियोजनाले सहयोग गरेको थियो ।
संसद्का पदाधिकारीको सुविधासम्बन्धी ऐनअनुसार कार्यकाल सकिएको सात दिनभित्र सम्पूर्ण सुविधा फिर्ता गरिसक्नु पर्नेमा अहिले सम्म पनि केही सभासदहरुले उक्त ल्यापटप फिर्ता नगरेको संसद सचिवालयले बताएको छ । सरकारी ल्यापटपको प्रयोग अहिले पनि पूर्वसांसदहरुले गरिरहेका छन् ।
सचिवालयका अनुसार ल्यापटप फिर्ता नगर्नेमा सार्वजनिक लेखा समितिका पूर्वसभापति भरतकुमार शाह, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्वसभापति नीरादेवी जैरू छन ।
त्यस्तै, लेखा समितिका पूर्वसदस्यहरू धर्मशिला चापागाईं, पार्वती विशुखे, पार्वती डिसी चौधरी, चन्दा चौधरी, गंगाबहादुर तामाङ, मीना सुब्बा, मोहम्मद इस्तियाक राई छन् । पूर्वसांसदबाट ल्यापटप फिर्ता ल्याउन सचिवालयले पटकपटक ताकेता गरिरहेको छ । तर, सबै सांसदले फिर्ता नगर्दा व्यवस्थापनमा सकस हुने सचिवालयका पदाधिकारीहरूको भनाई छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर