छैन सुरक्षा
प्रसाईंको अभियानमा बैंकको ऋण नतिर्न भन्दै उकासेसँगै उच्छृंखल गतिविधि बढेको बैंकर्सको दाबी

- फाल्गुन २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले व्यक्तिगत सुरक्षामा चुनौती आएको भन्दै सुरक्षाको माग गरेपछि एक साताअघि गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षा दिन परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित गतिविधि हुन थालेपछि निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।

उनले भने, ‘सहकारी लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि अवाञ्छित क्रियाकलाप बढेपछि हामीले त्यस्तो क्रियाकलाप नियन्त्रण गर्न सिडिओ कार्यालयलाई भनेका छौं र प्रहरी प्रधान कार्यालयमार्फत पनि परिपत्र गरिएको छ।’
जाजरकोटमा लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दलेको, मोरङमा जीवन विकास लघुवित्तका कर्मचारी कुटिएका घटनासँगै बैंकिङ क्षेत्रका कर्मचारी त्रसित बन्न परेको छ।

परिचय पत्र र गाडीमा लगाइएको स्टिकरसमेत झिकेर हिँड्न बाध्य भएको बैंकर्सको गुनासो छ। पछिल्लो समय व्यवसायी दुर्गा प्रसाईंले आफ्नो अभियानमा बैंकको ऋण नतिर्न उकासेसँगै उच्छृंखल गतिविधि बढेको बैंकर्सको दाबी छ। यस्तै व्यवसायी, लघुवित्तका ऋणीहरूले ऋण नतिर्ने, लघुवित्त संस्था नै खारेज गर्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर