नेपाली फुटबल
एन्फा पदाधिकारीहरुको टिकट मोहले उब्जाएको बिवाद
- फाल्गुन २४, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
विश्व फुटवलको केन्द्रिय संस्था विश्व फुटबल महासंघ (फिफा) ले विभिन्न राष्ट्रहरुमा फुटबलको बिकासको लागि विभिन्न सहयोग र कामहरु गरिरहेको छ । आफना सदस्य राष्ट्रहरुमा फुटबलको बिकास र स्त्तरोन्नतीको लागि विभिन्न खेल प्रोजेक्टहरु आयोजना गर्न विभिन्न सहयोगहरु गदै आइरहेको छ ।
त्यही सहयोग मध्ये विश्वकप फुटबलको टिकट पनि एक सहयोगमा पर्ने गर्छ । तर नेपालमा भने टिकटमा पनि घोटला गर्ने चलन चलि आएको छ । नेपालको फुटबलको केन्द्रिय संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरु नै यस्तो घोटला कार्यमा मुछिने गरेका छन् ।
फिफाले आफना सदस्य राष्टÇका फुटबल समर्थक, क्लबका पदाधिकारी, खेलाडी, प्रशिक्षकहरू फुटबल विकासको अभियानमा थप ऊर्जा बोकेर सक्रिय होउन् भन्ने उद्देश्यले उपलब्ध गराउँदै आएको टिकटमा पनि एन्फाका पदाधिकारीहरुले चालबाजी गर्ने गरेको पाइन्छ ।
फिफाले २ सय ९० वटा टिकट उपलब्ध गराएकोमा एसियाली फुटबल महासंघ (एएफसी) बाट अनूचित लाभ लिन एन्फा पदाधिकारीहरुले एएफसीसम्बद्ध अधिकारीलाई आफ्नो कोटाको ७५ वटा टिकट उपलब्ध गराएको कुरा बाहिरीए सँगै टिकट विवाद एन्फाको मैैदानमा उत्रीएको छ ।
कतारमा हालै भएको फुटबलको सेमिनारमा फिफा पदाधिकारीसँग भेटका क्रममा फिफा पदाधिकारीहरुले विश्वकपको टिकट बिक्री सम्बन्धमा कुरा उठाएर आफू यो कुरा प्रति गम्भिर भएको संकेत दिएको एन्फा सम्वन्ध एक पदाधिकारीले बताए ।
तर एन्फा पदाधिकारीहरुले भने नेपालले २ सय १५ वटा टिकट मात्र प्राप्त गरेको जिकिर गर्दै एन्फाको बचाउ गरेका छन् । एन्फा पदाधिकारीले भने बाँकी ७५ वटा टिकट टिकट एएफसीले राखेको जवाफ दिएका छन् ।
एएफसीले नेपालको कोटा काटेर टिकट लिएको हो कि, एन्फाले उपलब्ध गराएको हो फिफाले एन्फालाई छानविनको लागि भनेको पनि ति पदाधिकारीले बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments