राष्ट्रपति निर्वाचन
आम नागरिकका प्रतिनिधिहरुले चुन्दै छन् नेपालको राष्ट्रपति

- फाल्गुन २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

८ सय ८२ जना मतदाताले देशभरका नागरिकहरूको प्रतिनिधित्व गरेर बिहिबार नयाँ राष्ट्रपति चयन गर्दैछन् ।
निर्वाचन आयोगका अनुसार काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा हुने मतदानको परिणाम बिहिबार साँझसम्म सार्वजनिक हुनेछ ।


निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, “बिहान १० बजेबाट सुरु भएको मतदान सकिन तीन बजेसम्म नलाग्न पनि सक्छ। मतदान सकिए लगत्तै मतगणना सुरु भएर साँझसम्म मत परिणाम सार्वजनिक गर्ने हाम्रो तयारी छ,” ।
नेपालको कानुन अनुसार राष्ट्रपति निर्वाचनमा आम मतदाताले भोट हाल्न पाउँदैनन्। तर राष्ट्रपति निर्वाचनमा आफ्नो मत हाल्ने प्रतिनिधि चयनमा भने १८ वर्ष पूरा भएका मतदाताहरूको सहभागिता हुन्छ, त्यो कसरी भन्ने तपाईँलाई थाहा छ?
नेपालको राष्ट्रपति चयन संघीय सांसद र प्रदेशसभा सदस्यहरूको निर्वाचन मण्डलबाट हुने व्यवस्था छ।
राष्ट्रिय सभामा समय समयमा भएका निर्वाचनबाट छानिएका र मनोनीत समेत गरी ५९ जना र प्रतिनिधिसभामा २ सय ७५ जना गरी सङ्घीय संसद्को दुई सदनका सदस्यहरू ३ सय ३४ जना हुन्छन्। मंसिर ४ गते भएको आम निर्वाचनबाट प्रतिनिधिसभा सदस्यहरू छानिएका थिए।


नेपालको सात वटा प्रदेशसभामा जम्मा ५ सय ५० जना सदस्यहरू छन्। गत मङ्सिरमा भएको निर्वाचनमा आम मतदाताबाट छानिएका प्रदेशसभा सदस्यहरू पनि राष्ट्रपति निर्वाचनका मतदाता हुन्।
त्यसकारण राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत भएका तीन जनाबाहेक राष्ट्रपति निर्वाचनका सबै मतदाताहरू सर्वसाधारण मतदाताको भोटबाट छानिने जनप्रतिनिधिहरू नै हुन्।
तर कानुनले संघीय सांसद र प्रदेश सांसदले दिने मतको भार फरक फरक तोकेको छ। “यसरी मतभार फरक तोकिनुको कारण संघीय सांसद र प्रदेशसभा सदस्यले प्रतिनिधित्व गर्ने जनसंख्याको आकार फरक भएकाले हो ।
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० जना मानिसहरू मतदानका लागि योग्य थिए। जसको ६१ प्रतिशतले मतदान गरेको निर्वाचन आयोगले जनाएको थियो।

राष्ट्रपति निर्वाचनमा मतदान गर्ने निर्वाचन मण्डलका अधिकांश सदस्यहरू त्यही निर्वाचनबाट छानिएका प्रतिनिधि हुन्।
राष्ट्रिय सभाका ५९ जनामध्ये ५६ जना सदस्यहरू आम मतदाताको भोटबाट छानिएका स्थानीय तहका प्रमुख र उपप्रमुखसहित प्रदेशसभा सदस्यहरूबाट छानिएका हुन्।
राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसद र प्रदेशका सांसदको फरक फरक मत भार तोक्न तथ्याङ्क शास्त्रीय विधि र सूत्र प्रयोग गरिएको छ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन २०७४ ले नेपालको कूल जनसंख्यालाई संघीय सांसद र प्रदेशसभा सदस्यको सङ्ख्याले छुट्टाछुट्टै भाग गरेर मत भार निकाल्ने व्यवस्था गरेको छ।
तर मत भार अंक सानो बनाउनका लागि त्यसरी आएको भागफललाई फेरि १ हजार ले भाग गरेर अन्तिम मत भार तय गरिएको कानुनका ज्ञाताहरु बताउँछन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर