लुम्बिनी प्रदेश सरकारका मन्त्री एवं प्रवक्ता आचार्यको घरमा चोर पस्यो
- फाल्गुन २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
बुटवल ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा खानेपानी मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका हटारीनेटा निजी निवासमा गएराति चोरी भएको प्रहरीले जनाएको छ ।
डेढ महिनाभित्र मन्त्री आचार्यको घरमा दुई पटक चोरी भएको छ ।
प्रदेशको खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्य परिवारसहित काठमाडौं गएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ । तर, घरका परिवार नभएकाले के कति चोरी भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।
डेढ महिनाअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको मन्त्रीका निजी सचिव प्रदीप नेपालीले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments